चैत २१, – प्रसिद्ध बागलुङ कालिका मन्दिर परिसरमा रहेको जंगलमा आगलागी भएको छ । शनिवार दिउँसो काठेखोला छेउमा रहेको फोहोर व्यवस्थान स्थलदेखि सुरु भएको आगो मन्दिरको जंगल परिसरमा प्रवेश गरेको हो ।
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको समुहले प्रयास गरिरहेको छ । हावा हुरीको मौस र जंगलमा सुकेका पतिन्गर भएका कारण आगो नियन्त्रणमा लिन नसकिएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताउनुभयो । आगलागीका कारण मन्दिरको पश्चिम पट्टिरहेको आधा जंगल नष्ट भएको छ । मन्दिर परिसर नजिकै आगो आईपुगेकाले मन्दिर जोखिममा रहेको उहाँको भनाइ छ । जंगलमा कुहिएका काठ, रुखका पातहरु र झार जंगल बढी भएकाले नियन्त्रणमा कठिनाई भैरहेको छ । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )