पर्वत, १० चैत / उद्योग वाणिज्य संघ पर्वतको अध्यक्षमा गोपी अधिकारी निर्वाचित हुनुभएको छ । गत शनिवार भएको निर्वाचनपछि सोही रातीबाट सुरु भई मङ्गलवार बिहान सम्पन्न भएको मतगणना अनुसार उहाँले एक हजार १६ मत प्राप्त गर्नुभएको थियो । उहाँ साझा समावेशी व्यावसायिक प्यानलका तर्फबाट उमेदबार हुनुहुन्थ्यो । अधिकारीका निकटतम प्रतिद्वन्द्वी व्यावसायिक साझा प्यानलका शिव शर्मा पौडेलले आठ सय ९७ मत प्राप्त गर्नुभएको छ । योसँगै अधिकारीले एक सय १९ मतको अन्तरमा पौडेललाई पराजित गर्नुभएको हो ।
यस्तै दुई जना महिला सदस्यहरूमा पनि साझा समावेशी व्यावसायिक प्यानलका माया गिरी र देवी अधिकारी क्रमशः नौ सय १७ र एक हजार २६ मतको साथमा विजयी भएका छन् । बाँकी रहेका २० जना सदस्यमध्ये १३ जना अधिकारी प्यानलका विजयी भएका छन् भने सात जना पौडेल प्यानलका रहेका छन् ।
अधिकारी प्यानलबाट विजयी बनेका सदस्यहरूमा शेर बहादुर चोचाङ्गी, राजन गुरुङ , कृष्ण प्रसाद श्रेष्ठ, नारायण प्रसाद पौडेल, प्रदीप तिमिल्सिना , मीन प्रसाद शर्मा , रमेश शर्मा लामिछाने , कमल शर्मा लामिछाने, नारायण बहादुर के.सी, ठाकुर बी पौडेल, कमल बहादुर जी.सी, गणेश कुमार श्रेष्ठ र गणेश लामिछाने रहेका छन् ।
यस्तै पौडेल प्यानलबाट कृष्ण प्रसाद शर्मा मेटल, रामु शर्मा, कृष्ण प्रसाद शर्मा , मानसिंह भण्डारी , दीपेन्द्र गिरी, विनोद आचार्य र राजकुमार बस्नेत रहेका छन् । जिल्लामा मतदाताको सङ्ख्या करिब २३ सय रहेको भए पनि निर्वाचनमा एक हजार नौ सय ९३ मत खसेका थिए । खसेकामध्ये ६८ मत बदर भएका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )