बेनी, फागुन-२८, फागु पर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय म्याग्दीले विशेष सुरक्षा योजना बनाएको छ । फागुको समयमा भिडभाड गरेर उछृंखल गतिविधि हुनसक्ने भएकाले सामान्य अवस्थाभन्दा बढी प्रहरी परिचालन गर्ने गरी योजना बनाइएको होलीमा स्वीकृतिविना कुनैपनि कार्य भएमा प्रहरीले तत्कालै नियन्त्रणमा लिएर कानुनी कारबाही गर्ने प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो ।
‘जबरजस्ती रङ दल्ने र लोला हान्ने गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुन्छ, पर्वलाई शान्त र मर्यादित बनाउन अनुरोध गर्दछौ’ प्रहरी नायव उपरीक्षक श्रेष्ठले भन्नुभयो ।
प्रहरीले होलीको नियम तथा अपिल सार्वजनिक गरेको अवस्थामा अटेर गरेमा तत्काल नियन्त्रणमा लिन निर्देशन समेत दिएको छ ।
होलीको दिनमा सामान्य अवस्थाभन्दा बढी प्रहरी परिचालन गर्ने, भिडभाड हुने स्थानमा साधा पोसाकमा समेत प्रहरीलाई परिचालन गर्ने लगायतका योजना रहेको प्रनाउ श्रेष्ठको भनाई छ ।
बेनी नगरपालिका सहित पालिकामा रहेको इलाका प्रहरी कार्यालय, प्रहरी चौकी र पोस्टहरूमा कार्यरत प्रहरीलाई समेत होली लक्षित योजनाका बारेमा जानकारी गराइएको छ। होलीमा म्याग्दी जेसीजको विषेश कार्यक्रम छ भने नेपाल भाषा मंकाखलले हरेक बर्ष बजार परिक्रममा सहित कार्यक्रम गर्ने गरेको छ।
उक्त दिन ट्राफिक प्रहरीले समेत मापसे गरी सवारीसाधन चलाउने सम्भावनालाई मध्यनजर गरी चेकजाँचलाई समेत कडाई गर्ने जनाएको छ। मंगलबार प्रहरीले सूचना जारी गरी मर्यादित र शान्तिपूर्ण रुपमा होली मनाउन आग्रह समेत गरेको छ। ‘
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )