जलजला, फागुन-१३, पर्वतको जलजला गाउँपालिका-३ मल्लाज माझफाँटमा १० शैया क्षमताको अस्पताल भवन निर्माण भएको छ ।संघीय सरकारको ‘एक पालिका, एक अस्पताल’ कार्यक्रम अन्तर्गत जलजला गाउँपालिकाले मल्लाज स्वास्थ्य चौकी परिसरमा तीन वटा पक्की भवन निर्माण गरेको हो । भुकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री अस्पतालको भवन निर्माण भएको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।
भवन निर्माण, पलास्टर, रङ्गरोगन, विद्युत, पानी जोड्ने काम सकेर ठकेदारले प्रवेशद्धार, पार्किङ स्थल र घेराबार निर्माणको काम गरिरहेका उहाँले बताउनुभयो । उक्त भवन निर्माणका लागि वि.स. २०७८ असार २३ गते जिडब्लुसी बिएम आइएस जेभी काठमाडौले भ्याट र पिएस सहित नौ करोड ७३ लाख ६४ हजार आठ सय १३ मा ठेक्का सम्झौता गरेको थियो ।
गाउँपालिकाका ईञ्जिनियर सुनिल बानियाले ९५ प्रतिशत भौतिक प्रगति भएको भवन निर्माण कार्यको तेस्रो पटक थपिएको सम्झौताक म्याद आगामी चैत महिना सम्म रहेको बताउनुभयो । वि.स. २०८० असार २३ गते सम्पन्न गर्ने लक्ष्य रहेको भवन जग्गा प्राप्तिमा भएको ढिलाई र निर्माण ब्यवसायीले सुरुवाती चरणमा तिब्रताका साथ काम गर्न नसकेका कारण प्रभावित भएको थियो ।
अत्याधुनिक भवनका एक वटा ब्लकमा ¥याम्प र दुई वटामा अस्पतालको प्रयोजनका लागि संरचनाहरु छन् । आकस्मिक, अन्तरंग, बहिरंग, चिकित्सक, प्रशासन, भण्डारण, प्रसुति, लेवर, शल्यक्रिया, एक्सरे, इसिजी, इएसजी, प्रयोगशाला, बैठक कक्षका लागि फरक फरक कोठाहरु छन् । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले भवन हस्तान्तरण भएपछि संघीय सरकारसँग पहल गरेर उपकरण र जनशक्ति व्यवस्थापन गरि अस्पताल सञ्चालनमा ल्याउन पहल गर्ने बताउनुभयो ।
त्यसैगरी अस्पताल सञ्चालनआए पश्चात जलजला गाउँपालिकाको १, २, ३, ४, ५ र ६ नम्बर वडामा पर्ने बाँसखर्क, माझफाँट र लेकफाँटका बासिन्दालाई स्वास्थ्य उपचार सेवा लिन सहज हुने जलजला-३ का अध्यक्ष एकिन्द्र खत्रीले बताउनुभयो ।
अहिले जलजलाका बासिन्दाहरु हाल वडा स्तरको स्वास्थ्य संस्थामा उपलब्ध नहुने स्वास्थ्य उपचार सेवाका लागि बेनी, बागलुङ, कुश्मा र पोखराको अस्पतालमा जाने गरेका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )