बेनी, माघ-२९, बेनीको जय माँ लक्ष्मी सुनचाँदी पसलले पोखरामा शाखा विस्तार गरेको छ । म्याग्दीको बेनी नगरपालिका-७, न्यूरोड बेनीमा अवस्थित जय माँ लक्ष्मी सुनचाँदी पसलले पोखराको न्यूरोडमा आफ्नो शाखा विस्तार गरेको हो । शुक्रबार पोखरा महानगरपालिका वडा नं. ९, न्यूरोडबाट जयदिप ज्येर्लस सुनचाँदी पसल औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
म्याग्दीको बेनीमा सुनचाँदी र गरगहना निर्माणको ब्यबसाय व्यापार गर्दै आएका रामजी र जानकी विश्वकर्माले व्यवसायलाई आधुनिक शैली र क्षेत्र बिस्तार गर्न पोखरामा सेवा उपलब्ध गराउने उद्देश्य राखेका छन्।
जयदिप विश्वकर्माका अनुसार, ग्राहकको चाहना तथा अर्डरअनुसार गहनाका विभिन्न आकर्षक डिजाइन उपलब्ध गराइनेछ। साथै, पुराना तथा मौलिक पहिचान झल्कने गहना, जातजाति तथा संस्कृति प्रतिनिधित्व गर्ने गहनाहरू निर्माण गर्ने परम्परालाई निरन्तरता दिइनेछ। यसकै कारण ग्राहकको आकर्षण बढिरहेको उनले बताए।
गण्डकी प्रदेशभरका ग्राहकलाई लक्षित गर्दै परिष्कृत सेवा तथा नयाँ डिजाइनसहितको गहनाको कारोबार गर्ने उद्देश्यले पोखरामा शाखा विस्तार गरिएको जयदिप विश्वकर्माले जानकारी गराएका छन्।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )