जलजला, माघ, २८, जलजला गाउँपालिका–८, नागलिवाङस्थित जनकल्याण माध्यमिक विद्यालयलाई श्रीपञ्चमी सरस्वती पूजाको अवसर पारेर चारवटा स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ।
विद्यालयमा आयोजित एक विशेष समारोहका बीच उक्त स्मार्ट बोर्डहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर केसी “सूर्य” तथा उनका दाजु, बेल्जियम निवासी अन्तर्राष्ट्रिय पर्वत समाजका निवर्तमान अध्यक्ष झलकबहादुर केसी, NRN बेल्जियमका पूर्व अध्यक्ष खड्कबहादुर केसीको विशेष पहलमा उपलब्ध गराइएको हो। स्मार्ट बोर्डहरूको खरिदका लागि Sol Vator Hulp and Bikash, Belgium को आर्थिक सहयोगमार्फत ९ लाख ५० हजार रुपैयाँ जुटाइएको थियो।
कार्यक्रम जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा प्रविधिमैत्री शिक्षाको आवश्यकताबारे समेत छलफल गरिएको थियो।
विद्यालयलाई प्रदान गरिएको यस सहयोगले प्रविधिमैत्री शिक्षा प्रणालीको प्रवर्द्धन गर्दै विद्यार्थीहरूको सिकाइ अनुभवलाई अझ प्रभावकारी बनाउने विश्वास विद्यालयले व्यक्त गरेको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )