जलजला, माघ २७ – पर्वत जिल्लाको जलजला गाउँपालिकाले लघु तथा घरेलु उद्यम सञ्चालन गरिरहेका उद्यमीलाई बीउ पुँजी उपलब्ध गराएको छ। गाउँपालिकाले सञ्चालन गरेको ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत १४ जना उद्यमीलाई रु. १३ लाख ७५ हजार अनुदान प्रदान गरिएको छ।
विभिन्न प्रकृतिका उद्यमको वर्गीकरण गरी छनोट भएका उद्यमीलाई किस्ता बन्दीमा फिर्ता गर्ने गरि अनुदान उपलब्ध गराइएको हो। एक जनालाई रु. ७५ हजार र १३ जनालाई रु. एक/एक लाखका दरले अनुदान प्रदान गरिएको गाउँपालिकाका सूचना अधिकारी भेषनाथ आचार्यले जानकारी दिनुभयो।
गाउँपालिकाले गत वर्षदेखि टोल विकास संस्थाका सदस्यलाई आत्मनिर्भर बनाउन तथा आर्थिकस्तर वृद्धि गर्न घुम्ती कोष परिचालन गरी सहयोग गर्दै आएको छ। गत वर्ष ९ जना उद्यमीलाई एक/एक लाखका दरले सहयोग गरिएको थियो। यस वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिइएको छ। उद्यमीले निम्नानुसार अनुदान प्राप्त गरेका छन्:
घुम्ती कोष अन्तर्गत प्रदान गरिएको सहुलियत ब्याजदरमा बिनाधितो प्राप्त अनुदान टोल विकास संस्थालाई निश्चित अवधि भित्र फिर्ता गर्नुपर्नेछ। यस कार्यक्रमको उद्देश्य असल उद्यमी निर्माण, उद्यमशीलताको प्रवर्द्धन, भौतिक पूर्वाधारमा गुणस्तर कायम राख्ने, कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने, रोजगारीका अवसर सिर्जना गर्ने, तथा युवाको विदेश पलायन न्यूनीकरण गर्नु रहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो।
गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यका अनुसार पालिकाभित्रै फलफूल, तरकारी उत्पादन, पशुपक्षीपालन, घरेलु औजार तथा उपकरण निर्माण गरी स्वरोजगारमूलक काम गरिरहेका उद्यमीलाई प्रोत्साहित गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो। यस कार्यक्रमबाट नयाँ उद्यमीलाई प्रेरणा मिल्नुका साथै, गत वर्षदेखि सुरु गरिएको प्याज विरुवा उत्पादन तथा वितरण कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )