जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलका अनुसार प्रदेश सहकारी रजिष्टारको कार्यालय पोखराको पत्र जाहेरीले जिल्ला अदालतको पक्राउ पुर्जी जारी भै आएकोले ५ जनालाई नियन्त्रणमा लिएको बताए । थापा एमालेबाट जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएका हुन ।
‘सहकारीको रकम अपचलन गरेको भन्ने आरोपमा सहकारी रजिष्टार कार्यालय पोखराले प्रहरी कार्यालयमा निवेदन दिएपछि ओरोपित ५ जनाले सामुहिक गिरफ्तारी दिएका हौं । धरपकडका कुरा मित्थ्या हुन’ पक्राउ परेका थापाले स्वास्थ्य परिक्षण क्रममा अस्पतालमा भने, ‘ब्यक्तिगत रुपपमा सहकारीको रकम झिकेर अपचलन गरेको हैन, सहकारीको रकम सामुहिक ऋण लिएका हौं, सामुहिक लगानीको विद्यालयले लिएको ऋणको ब्याजछुटको विषयलाई अनियमितता गरेको आरोप लागेको हो, जुन हामी मिलाई सकेका छौं ।’
सहकारीको एक वर्ष अघि भएको साधारण सभाबाट सहकारी अध्यक्षमा निर्वाचित नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य एवं मंगला गाउँपालिका, ४ नं वडाध्यक्ष यामबहादुर रोका समेत नव निर्वाचित सहकारी संञ्चालकले वित्तीय विश्लेषक नियुक्त्तगरी सहकारीको आर्थिक अवस्था अध्ययन गरेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )