जलजला, पुष-२८, पर्वतको जलजला-२,मल्लाज स्थित समाजकल्याण प्राथमिक विद्यालयले आफ्नो ४१औं वार्षिक उत्सव तथा राष्ट्रिय एकता दिवसको अवसरमा विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालयले पौष २७ गते एक कार्यक्रमको आयोजना गरि कार्यक्रम मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले पछिल्ल्लो समयमा समाजकल्याण प्राथमिक विद्यालयले शैक्षिक गुणस्तरमा बृद्दी गरेकोमा खुसि ब्यक्त गर्नुभयो उहाँले यस विद्यालयको गुणस्तर बृद्दीमा समुदायका व्यक्तिको सहयोग रहेकोले त्यसको सराहाना गर्नु भयो ।
कार्यक्रममा विद्यालयले “हामी बनाऔं हाम्रो विद्यालय अभियान” अन्तर्गत जलजला गाउँपालिका–२ गैराटोल निवासी तथा हाल क्रोएसियामा कार्यरत पूर्व बि.व्य.स अध्यक्ष टिका बहादुर नेपालीद्वारा रु ६७,८७५ को लागतमा वालकक्षाको बसाई व्यवस्थापन गरिदिएकोमा उहाँको परिवारलाई विशेष सम्मान गरिएको थियो।
सोहि कार्यक्रम कै अवसरमा शिक्षा प्रेमी दण्डपाणी रिजालद्वारा विद्यालयलाई झण्डै रु १,००,००० बराबरको फर्निचर सहयोग गरिएको घोषणा थियो। जलजला गाउँपालिका–२ पाखाथरका हाल पोखरा निवासी युवा व्यवसायी दिपक बर्देवाले विद्यालयमा अध्ययनरत अभिभावकविहीन छात्र जीवन विश्वकर्माको अभिभावकत्व ग्रहण गर्ने घोषणा गर्नुभएको छ ।
हुनुहुन्थ्यो। विद्यालयका प्रधानाध्यापक डम्वरबहादुर घर्ती क्षेत्री र विद्यार्थी बिन्दु नेपाली तथा किस्मता नेपालीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो।
यस अवसरमा कार्यक्रमका विशिष्ट अतिथि प्रकाश बहादुर घर्ती क्षेत्री, समाजसेवी दण्डपाणी रिजाल, पूर्व शिक्षिका लक्ष्मी केसी, कुलबहादुर विक, र निवर्तमान वडा अध्यक्ष गोविन्द खत्री र विद्यार्थी बिद्यार्थी बिन्दु नेपाली र किस्मता नेपाली सुभकामना मन्तव्य शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अभिभावकहरूको सहभागितामा लठो तान्ने र म्युजिकल चेयर खेल, विद्यार्थी तथा शिक्षकहरूको बीचमा विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षकहरुले समेत आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम विद्यालयका अभिभावक संघका अध्यक्ष कमल बोहोराको अध्यक्षता प्रधानाध्यापक डम्वरबहादुर घर्ती क्षेत्रीको स्वागत मन्तव्य र शिक्षक इन्द्रकुमार विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।
यस महत्वपूर्ण अवसरले विद्यालयको शैक्षिक विकास र विद्यार्थीहरूको प्रेरणा अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याउने विश्वास लिइएको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )