बेनी, पुष-२३. म्याग्दीको बेनीस्थित न्यु वेष्ट पोइन्ट आवासीय माविमा कक्षा ११ /१२ को हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । सोमबार सम्पन्न प्रतियोगितामा कक्षा ११ र १२ का ४ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा पहिलोपटक प्रविधिको प्रयोगगरि सम्पन्न गरिएको हो।
विद्यालयको कम्प्युटर बिभागले “वेष्ट पोइन्ट क्विज एप” निर्माण गरि डिजिटल्ली प्रतियोगिता सम्पन्न गरेको हो । ICT विभागका प्रमुख दिनेश पौडेलले निर्माण गरेको सो एपले विद्यार्थीले आफैले आफ्नो स्क्रिन अगाडी रहेको कम्प्युटरबाट प्रश्न रोज्न मिल्ने, अटोमेटिक समय र पास गरेपछिको समय पनि अटोमेटिक निर्धारण भएको, स्कोर बोर्ड, प्रत्येक राउण्डको कति प्रश्नको जवाफ सहि आयो कति आउन सकेन जस्ता सबै कुरा फुल अटोमेटिक प्रणालीमा सम्पन्न भएको बताउनुभयो ।
यो प्रविधिको प्रयोगगरि बिषयगत, जनरल, राउण्ड र अडियो/भिजुअल राउण्ड कविज खेलाइएको थियो । विद्यालयले संचालन गर्ने जिल्ला स्तरीय प्रतियोगितामा सो प्रविधिको प्रयोग गरेर संचालन गरिने विद्यालयका प्रिन्सिपल डीबी दाहालले बताउनुभयो ।
अहिले कक्षा ११/१२ मा कम्प्युटर विषय अध्यन गर्ने ३ वटा सेक्सन रहेका छन् । विद्यार्थीको कम्प्युटर विषयप्रतिको रुचिलाई ध्यानमा राखेर ७७ वटा कम्प्युटर सहितका ३ वटा कम्प्युटर ल्याब स्थापना गरिएको छ । जसमा कक्षा ११/१२ लाइ लक्षित गरि इन्टरनेट सहितको ब्रान्डेड कम्प्युटरको ल्याब समेत स्थापना गरिएको विद्यालयले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )