बेनी, पुष-९, सिद्धार्थ बैंक आजदेखि २३औ वर्षमा प्रवेश गरेको छ । देशको १७ औं वाणिज्य बैंकको रुपमा २०५९ साल पुस ९ गते स्थापित सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २२औं वर्ष पूरा गरेको हो । सञ्चालनको २२ वर्ष पूरा भएको अवसरमा म्याग्दीको बेनी शाखाका प्रमुख नारायण सापकोटाको प्रमुख आतिथ्यतामा बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा एक कार्यक्रमका बीच वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा बेनी ब्रान्चका म्यानेजर नारायण सापकोटाले सिद्दार्थ बैंकप्रति आम नागरिकको बिश्वास बढ्दै गैरहेको बताउनुभयो ।
सापकोटाले सिद्दार्थ बैक बेनि शाखाबाट ५ हजार ४ सय ग्राकलाई ८ बर्ष देखि निरन्तर बित्तिय सेवा दिईरहेको बताउनुभयो । शाखाले कृषि पर्यटन र साना तथा मझौला उद्योग व्यवसालाई कर्जामा बिषेश प्रथामिकता दिंदै सहुलियत दरमा ऋण प्रबाह गरेको छ । त्यसैगरी उच्च शिक्षा हासिल गर्नको लागि शैक्षिक कर्जामा समेत शैक्षिक ऋण प्रबाह गरिरहेको छ । शिक्षा रोजजारी र पर्यटनको क्षेत्रमा सदैव साथ् दिंदै आईरहेको सिद्धार्थ बैंकले म्याग्दी महोत्सबमा समेत बिशेष सहयोग गर्ने गरेको छ । यसपटकको आठौँ म्याग्दी महोत्सवमा पनि सहयोग गरिने सिद्धार्थ बैंक बेनी शाखाले जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले प्रदानगर्ने डिजिटल सेवाहरु, डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिंगमा बिशेष पुरस्कार प्रदान गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गको बाणिज्य बैंक सिद्धार्थ बैंकको चुक्ता पुजि १४ अर्ब ९ करोड, रिर्जभ कोष १४ अर्ब १६ करोड, निक्षेप रकम २ खर्ब ४४ अरब, कर्जा प्रबाह २ खर्ब १२ अरब रहेको छ हाल बैंकको १९६ शाखा रहेका छन् सिद्धार्थ बैंक शैक्षिक कर्जामा बिध्यार्थिहरुको रोजाईमा रहेको बैंक रहेको हो । हालै सम्पन्न नेपाल क्रिकेट लिग NPL क्रिकेटको सबैभन्दा ठूलो इभेन्टको सिद्धार्थ बैंक प्रमुख प्रायोजक रहेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )