बेनी, पुष-९, म्याग्दी जिल्लामा सञ्चालित ठूला विकास आयोजनाको पटक–पटक म्याद थप गरिएको समयमा सम्पन्न हुन नसकेको अवस्थामा ब तोकिएको समयमा सम्पन्न नभए म्याद थप नगर्न सम्बन्धित निकायलाई दवाव दिएको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले
बताउनुभएको छ । पटक–पटक म्याद थप गर्दा ठूला योजनाहरु बषौंदेखि अलपत्र परेको अवस्थामा अब थप नगरी कालोसुचीमा राखेर
कारबाही गर्नुपर्ने सांसद गर्बुजाको भनाई छ ।
सोमबार उत्तरी म्याग्दीमा मतदाता भेटघाटमा सांसद गर्बुजाले बेनी अस्पतालको भवनलाई यसै आवमा भित्र पूर्णता दिन आवश्यक परेमा
अतिरिक्त बजेटका लागि समेत सम्बन्धित निकायको ध्यानार्कषण गराएको बताउनुभयो । ।।।अब म्याद थप हुदैन, म्याग्दीमा निर्माणधिन अवस्थामा रहेका आयोजनाहरुको समयमै सम्पन्न नभए कालोसूचीमा राख्न दबाब दिएको छु’ सांसद गर्बुजाले भन्नुभयो । त्यस्तै बेनी–जोमसोम, बेनी–दरवाब, पोखरेबगर–शिख–चित्रे–घोडेपानी, बेनी–मालढुंगा लगायत सडकका बारेमा सम्बन्धित निकायलाई निरन्तर समयमै सम्पन्न गर्न दबाब दिएको बताउनुभयो । यो अवभित्र धेरै योजनाहरुले गति लिन्छन्, लामो समयसम्म अलपत्र पर्नुमा कमजोर वित्तिय अवस्था भएका ठेकेदारले जिम्मेबारी लिनु हो’ सांसद गर्बुजाले भन्नुभयो ।
निर्माण व्यवसायीले पर्याप्त मात्रामा जनशक्ति र उपकरण परिचालन नगर्ने ठेकेदारलाई जनस्तरबाट पनि दबाब दिन अनुरोध गर्नुभयो ।
यसैबीच सोमबार नै ज्ञानप्रकाश मावि दानको ४९ औं अभिभावक दिवसको अवसरमा बोल्दै सांसद गर्बुजाले जिल्लामा विकास निर्माण सहित
खेलकुद गतिविधिलाई समेत अगाडी बढाउन आफ्नो सहयोग हुने बताउनुभयो । उहाँले जिल्ला भलिबल संघले कवर्ड हल निर्माणको
प्रस्ताव गरेको बताउँदै उक्त प्रस्तावमा आफ्नो तर्फबाट सहयोग तथा संघीय बजेटका लागि समेत पहल गर्ने बताउनुभयो ।
सोही अवसरमा सदरमुकाम बेनीमा रहेको खुल्लामञ्चलाई बजेट विनियोजन गराउन गरेको पहल अहिलेसम्म सफल नभएपनि आफ्नो
कार्यकालभित्र बजेट आउने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै सरकारी सेवाप्रवाहमा कुनै समस्या भएमा वडादेखि नै समन्वय गर्ने र जिल्ला,
प्रदेश र संघीय सरकार मातहतका सरकारी निकायमा काम ढिलासुस्ती भएमा खवर गर्न समेत अनुरोध गर्नुभएको थियो । अभिभावक दिवसमा अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष दिवाकुमारी पुन तिलिजाले उत्तरी म्याग्दीमा संघीय र प्रदेशबाट बजेट कम आएको बताउँदै
आफुँहरु संघीय सांसद गर्बुजासँग नजिक रहेका विकास निर्माणका कार्यहरुमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो । म्याग्दीका
आवश्यक पूर्वाधार प्राथमिकतामा नपर्दा जनतामा गुनासो बढेको बताउँदै कार्यक्रममा बोल्ने अन्य बक्ताले समेत बजेट विनियोजनमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
अभिभावक भेलाको अवसरमा दुर्गाप्रसाद स्मृति कोषबाट संस्थापक कृष्ण तुलाचनले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई करिब १ लाख नगद
पुरस्कार वितरण गर्नुभएको थियो । त्यस्तै शंख बहादुर स्मृति कोषबाट ५० हजार, सृजना महिला सहकारीबाट १९ हजार, चन्द् कुमारी स्मृति
कोषबाट ६ हजार र विद्यालयले समेत विधागत पुरस्कारहरु वितरण गरेको थियो । अभिभावक भेलामा सांस्कृति कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । वडा अध्यक्ष रमेश पूर्जा, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष हस्तबहादुर पूर्जा, शिक्षा विकास कोषका अध्यक्ष कृष्ण तुलाचनले विद्यालयको शैक्षिक र खेलकुद क्षेत्रमा प्राप्त सफलताका बारेमा चर्चा गर्नुभएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पूर्जाको अध्यक्षता, स्वागत प्रअ शान्तबहादुर नेपाली, उच्च मावि संयोजक बाबुराम पौडेलले गर्नुभएको कार्यक्रमको सञ्चालन रेगुन खत्रीले गर्नुभएको थियो ।
यसैबीच अभिभावक दिवसको अवसरमा आयोजित भलिबल प्रतियोगितामा छात्रतर्फ प्रथम ज्ञानप्रकाश मावि, द्धितिय प्रकाश मावि भएको थियो भने छात्रा बेनी सामुदायिक मावि प्रथम, द्धितिय प्रकाश मावि भएको थियो । उत्कृष्ट नतिजा ल्याउने तीन विद्यार्थीलाई ।।।निम्स दाइ’ फर एजुकेशनले ठुलो धनराशीको पुरस्कार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा अवस्थित ज्ञानप्रकाश माध्यामिक विद्यालयबाट आधारभुत, मावि र उच्च माविमा उत्कृष्ट अंक ल्याउने ३ विद्यार्थीले २ लाख ३० हजार नगद पुरस्कार पाएका छन् । आरोही निर्मल पुर्जाले स्थापना गरेको ।निम्स दाइ’ फर एजुकेशनले कक्षा १२ मा ब्यवस्थापन संकायतर्फ उत्कृष्ट नतिजा ल्याउने सन्तोष विकलाई नगद १ लाख नगदसहित सम्मानपत्रले सम्मान गरिएको छ ।
पर्वतारोहणको क्षेत्रमा दर्जन किर्तिमानी कायम गरेका पुर्जाले विद्यालयमा स्थापना गरेको ४० लाखको अक्षयकोषबाट गतवर्षको एसइईमा
विद्यालय प्रथम हुने रिचा केसी ८० हजार र कक्षा ८ मा प्रथम हुने आगमन सोनामले नगद ५० हजार नगद र सम्मानपत्र प्राप्त गरेका छन् ।
उत्कृष्ट विद्यार्थीलाई म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष दिवाकुमारी पुन तिलिजा, आरोही पूर्जाका दाजु जितबहादुर पुर्जा, फाउण्डेशनका कर्मचारी गोविन्द बरुवालले पुरस्कार वितरण गरेका थिए ।
सोही अवसरमा दानामा रहेका सरस्वती आमावि, ज्योति आमावि, सुवा आमावि, जनकल्याण आमाविमा रहेका विद्यार्थी अनुसार नगद र ज्ञानप्रकाश माविको शैक्षिक विकासका लागि १ लाख ४९ हजार सहयोग गरिएको थियो । पुरस्कार तथा सहयोग वितरण कार्यक्रममा नेपाल शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुबेदी, शिक्षा विकास कोषका अध्यक्ष कृष्ण तुलाचन, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पूर्जाले उक्त पुरस्कारले विद्यार्थीको पढाइमा प्रतिस्पर्धा हुने र उच्च शिक्षामा समेत सहज हुने बताएका थिए । अन्नपूर्ण–३ दानामा जन्मिएका पूर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमा अक्सिजन र विना अक्सिजनको सहायतामा ४८ पटक अरोहण गरेका छन् । विश्वका सातै महादेशमा रहेका अग्ला हिमालको आरोहण गरेका आरोही पूर्जाले फाउण्डेशनमार्फत नेपाल तथा विश्वका विभिन्न देशमा सहयोग गर्ने गरेका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )