आगामी शैक्षिकसत्रदेखि कक्षा २, ३ र १२ मा नयाँ पाठ्यपुस्तक लागू हुने भएको छ । नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तक तयार पारिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।
‘पाठ्यपुस्तक तयार भएको छ । आगामी शैक्षिकसत्रदेखि कक्षा २, ३ र १२ मा नयाँ पाठ्यपुस्तक हुन्छ’, पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले भानु भयो, ‘किताब छपाइको काम बाँकी छ ।’
१०/१५ दिनभित्र किताब छपाइमा पठाउने उहाँले बताउनु भयो । ‘१ असारदेखि शैक्षिकसत्र सुरु हुन्छ । शैक्षिकसत्र सुरु हुनुपहिले नै सबै जिल्लामा किताब पुर्याउँछौँ’, उहाँले भन्नु भयो, ‘किताब छपाइका लागि एक महिना लाग्छ । अर्को एक महिनामा वितरण गर्छौं ।’
निर्देशक भट्टराईका अनुसार कक्षा २ र ३ को निजी र कक्षा ६ को जनक शिक्षाबाट छपाइ हुनेछ । पाठ्यक्रम विकास केन्द्रले ७० लाख विद्यार्थीका लागि किताब तयार पार्ने गरेको छ ।
कक्षा २ र ३ का नयाँ विषय
पाठ्यक्रम विकास केन्द्रले कक्षा २ र ३ मा चारवटा पाठ्यपुस्तक तयार पारेको छ ।
एउटा किताब स्थानीय तहले बनाउने निर्देशक भट्टराईले बताए । मातृभाषा वा स्थानीय विषय हुनेछ ।
कक्षा ६ का नयाँ विषय
कक्षा ६ का लागि केन्द्रले छवटा विषय बनाएको छ ।
कक्षा १२ का विषय
कक्षा १२ मा तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक विषय समावेश गरिएको छ ।
अनिवार्य विषयमा पनि सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितमध्ये विद्यार्थीले एक विषय रोज्नुपर्ने हुन्छ । अरु तीनवटा ऐच्छिक विषय पनि विद्यार्थीले रोज्न पाउनेछन् । चारवटा समूहमा ८० वटा विषय छन् तीमध्ये तीनवटा विषय विद्यार्थीले रोज्नुपर्ने हुन्छ ।
१ र ११ भने नयाँ पाठ्यपुस्तक यो वर्षदेखि लागू भएको हो । कक्षा ११ र १२ मा गणितको विषयलाई लिएर विवाद भएको थियो । अन्तत: गणितलाई पनि अनिवार्य विषयमा राखिएको छ । यसअघि गणितलाई ऐच्छिकमा राखिएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )