नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले गर्ने कारबाहीको सामना गर्न आफुहरु तयार रहेको बताउनु भएको छ ।
आफूनिकट राष्ट्रिय कार्यकर्ता भेलामा कार्यकर्ताले उठाएका प्रश्नको जवाफ दिँदै नेपालले प्रधानमन्त्री ओलीसँग डराएर आफूहरू नभाग्ने बताउनु भएको हो । अध्यक्ष ओलीले कारबाही गर्न लागे आफ्नो टाउँको अचानोमा राख्न समेत तयार रहने उहाँले बताउनु भयो ।
नेपालले अध्यक्ष ओलीको लिष्टबाट आफू पक्षी नेताहरूको नाम हटेपनि कम्युनिस्ट आन्दोलनबाट हटाउन सम्भव नरहेको र आफ्ना नेताहरूको नाम ओलीको लिष्टबाट हटेपनि कम्युनिस्ट आन्दोलनबाट हटाउन सम्भव नभएको बताउनुभयो ।
आफु ओलीसँग डराएर मैदान छाडेर नभाग्ने बताउंदै फेरि पार्टी बनाएर केपी ओलीलाई धुलो चटाउन तयार रहेको उद्घोष गर्नु भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )