अन्नपूर्ण पोस्ट पत्रिकामा कार्यरत पत्रकारहरूले सामुहिक राजीनामा दिएका छन्। पत्रकारहरुले सामुहिक हस्ताक्षार गर्दै नयाँ बर्षको वैशाख ३ गतेदेखि लागू हुने गरी सम्पादक अखण्ड भण्डारीलाई मंगलबार सामुहिक राजीनामा बुझाएका हुन्।
राजीनामा दिएका एक पत्रकारले आफूहरूको सामुहिक राजीनामाबाहेक थप १२ जना पत्रकारले व्यक्तिगत रूपमा राजीनामा दिइसकेको बताएका छन् । गत वर्षको चैतदेखि अहिलेसम्म आधा मात्रै तलव दिएको र केही दिनदेखि राजीनामा मागेको माग्यै गरेपछि बाध्य भएर राजीनामा दिएकाको पत्रकारहरुले बताएका छन् ।
सामुहिक राजीनामा २८ जना पत्रकारको हस्ताक्षर छ। पत्रिका चलाउन सकिएन घाटा कारणले पत्रिका बन्द गर्न लागेको हो भन्ने जानकारी अध्यक्ष रामेश्वर थापाले दिनुभएको छ ।
अन्नपूर्ण पोस्टमा एक वर्षदेखि २० वर्षसम्म काम गरेका पत्रकारले राजीनामा दिएका छन्। पत्रिकाका विभिन्न विभागका विभागीय प्रमुखहरूले राजीनामा दिन दवाव दिएपछि राजीनामा दिइएको उनीहरूले बुझाएको राजीनामा पत्रमै उल्लेख छ।
सम्पादक भण्डारीले फागुन २० गते बेलुका ६ बजे बैठक राखेर र फागुन २५ गते अपरान्ह साढे ४ बजे अर्को बैठक राखेर राजीनामा दिन दवाव दिएको सामुहिक राजीनामा पत्रमा उल्लेख छ।
पत्रिका बन्द गरी अनलाइनमा जाने निर्णय भएकोले सबै जनाले राजीनामा दिनुपर्ने माथिको आदेश आएको सम्पादक भण्डारीले बताउने गरेको दाबी सामुहिक राजीनामा दिएका पत्रकारहरूको छ।
पत्रकारहरूले कोरोनाकालदेखि काटिएको तलवको भुक्तानी पाउनुपर्ने माग राखेका छन्। दसैं तिहारमा प्राप्त गर्नुपर्ने एक महिनाको तलव तथा उपदान, सञ्चयकोष, उपचार खर्च, अन्य बिदाका रकम भुक्तानीको व्यवस्था गर्न उनीहरूको माग छ।
अनलाइनका लागि जनशक्ति थप गर्ने र वैशाख दोस्रो वा तेस्रो सातादेखि केही समयका लागि पत्रिका बन्द गर्ने तयारी रहेको उहाँले बताउनु भएको छ । पत्रिका बन्द गर्ने भनेर मिडिया हाउस नै बन्द गर्ने नभई अनलाइनलाई अझै परिस्कृत बनाएर अगाडि लैजाने योजना रहेको बताइएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )