बेनी, मंसिर-१७, म्याग्दी सदरमुकाम बेनीमा २२ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिताको उद्घाटन गरिएको छ । म्याग्दी जेसिजको सचिवालयमा सोमबार साँझ बेनी नगरपालिकाका मेयर सुरत केसीले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा जेसिज कप विशेषांक २०२४ को पनि बिमोचन गरिएको छ उक्त बिशेशांकमा २१ औं संस्करण सम्मका सम्पूर्ण जनाकारी प्रस्तुत गरिएको छ ।जिल्लामा विद्यालय तहमा लोकप्रिय मानिने अन्तरमावि जेसिजकप फुटवल प्रतियोगिताको २२ औँ संस्करण आगामी शनिवार सम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा जिल्लाका विभिन्न २० विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा बिजेतालाई नगद रु ५२ हजार २२२ को साथमा रनिङशिल्ड, ट्रफि, मेडल, प्रमाणपत्रद्धारा पुरस्कृत गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार उप–बिजेता विद्यालयलाई ट्रफि,मेडल,प्रमाणपत्र र नगद रु.३२ हजार,२३२ पुरस्कार प्रदान गरिनेछ ।
त्यसैगरी प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिड्फिल्डर , राईजिङ्ग प्लेयर, उत्कृष्ट कोचलाई जनही नगद रु.२ हजार ५०० को साथमा अवार्डद्धारा पुरस्कृत गरिनेछ । त्यसैगरि अनुशासित टिमलाई ट्रफि,प्रमाणपत्र र नगद रु.५ हजार तथा सेमि फाईनलिष्ट २ टिम लाई नगद रु.५ हजार पुरस्कार र प्रत्येक खेल मा म्यान अफ द म्याच घोषित गरि सम्मान गरिने म्याग्दी जेसीजले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले जिल्लामा हरेक बर्ष आयोजना हुने प्रतियोगिताले विद्यालय तहबाटै फुटवल खेलको विकास र खेलाडी उत्पादनमा सहयोग पुगेको बताउनुभयो । सदरमुकाममा फुटवल खेल सञ्चालन हुने एक मात्रै खुल्लामञ्चलाई स्तरबृद्धि गरेर फुटवल मापदण्ड बमोजिमको बनाउन प्रयास थालिएको जानकारी दिनुभयो ।
कार्यक्रममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, एभरेष्ट ग्लोबल एजुकेसन भिसा सर्भिस प्राली बेनी शाखा प्रमुख जगत गैरे लगायतले प्रतियोगिताले जिल्लाको फुटवल खेल क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । “खेलकुद बिकासमा नविन सोच,प्रतिभा प्रष्फुटनमा हाम्रो जोड“ भन्ने मुल नाराका साथ सञ्चालन भएको प्रतियोगिता एभरेष्ट ग्लोबल एजुकेसन÷भिसा को प्रस्तुतीमा सञ्चालन भएको हो । शाखा अध्यक्ष दिनेश बानियाँको अध्यक्षता, कार्यकारीणी उपाध्यक्ष कृष्ण पौडेलको स्वागत र महासचिब सज्जन श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )