जापान मार्च १५ / म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युले आयोजना गरेको खुला कल्चरल फेसबुक फोटो प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ । प्रतियोगितामा टोक्यो जापान निवासी प्रज्ञ घिमिरे प्रथम भएकी छन् । प्रतियोगी नं ९८ रहेकी घिमिरेले २६ सय ५४ लाइक, १३ हजार ५ सय १६ लाइक गरी ७२ हजार ८ सय ८८ नम्बर प्राप्त गरेकी हुन् ।
त्यसैगरी दोस्रो हुन सफल ६३ नम्बरकी प्रतियोगी सिजुओका जापानकी युमिको फगामी मगरले ८ हजार ८ सय १२ लाइक, ८ हजार ६ सय २६ सेयरसहित ६० हजार ७ सय ७४ अंक प्राप्त गरेकी छिन ।
गुल्मी नेपालकी १७१ नम्बरकी प्रतियोगी निकिता मगरले ३ हजार ६ सय ९० लाइक, ४ हजार ३ सय १६ सेयर गरी २८ हजार ९ सय ६० पोइन्टसहित सान्त्वना पुरस्कार पाएको मोना क्युस्युले जनाएको छ । प्रथम दोश्रो र स्वान्त्वना हुनेले क्रमश जापानी येन २५ हजार, १५ हजार र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेको मोना क्युस्युले जनाएको छ ।
विजेताहरुलाइ १ हप्ता भित्रमा मोना, क्युस्युको आधिकारिक फेसबुक पेज या मोना, क्युस्युको आधिकारिक फेसबुक एकाउन्ट तथा अध्यक्ष उज्ज्वल बानियाँ (०७०-७६११-५३५७) तथा मोना क्युस्युमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ मोना क्युस्युको आधिकारिक फेसबुक पेजबाट खुला कल्चरल फेसबुक फोटो कन्टेस्ट २०२१ फेब्रुअरी १ बाट मार्च १५ तारिखसम्म सञ्चालन गरिएको थियो । नतिजा मार्च १५ तारिकका दिन बेलुकाको ६ बजे (जापानी समय) र दिनको २:४५ (नेपाली समय) मा फेसबुक लाइभमार्फत नतिजा प्रकाशन गरिएको हो ।
कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल पार्न सहयोग गर्ने सबैलाई मोना, क्युस्युका अध्यक्ष उज्ज्वल बानियाले हार्दिक आभार र धन्यबाद प्रकट गर्नुभएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )