बागलुङ, भदौ-२८, बागलुङमा सरकारी सवारी साधन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना गम्भिर घाईते भएका छन् । मध्येपहाडी लोकमार्ग अन्तरगत जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा सरकारी नम्बर प्लेटको बुलेरो जीप दुर्घटना भएको हो । दुर्घटना स्थलमा दुई जना महिला र एक जना पुरुषको शव भेटिएको हो । अर्का एक पुरुष गम्भिर घाईते अबस्थामा फेला परेका छन् । उनीहरु कसैको पनि पहिचान खुलेको छैन् ।
जीप सडकदेखि झण्डै सात सयम मिटर तल खसेको छ । जीपमा सवार अन्य यात्रु समेत हुनसक्ने भएकाले खोजी भैरहेको प्रहरी नायव उपरीक्षक बिजय यादवले बताउनुभयो । घटनाको बिषयमा थप जानकारी आउन बाँकी छ ।
दुर्घटना कतिबेला भएको भन्ने समेत खुलेको छैन् । शुक्रबार बिहान दुदीलाभाटीका प्रेम बहादुर कार्कीले घाँस काट्न जाने बेला दुर्घना ग्रस्त जीप र शव देखेपछि प्रहरीलाई खवर गर्नुभएको थियो । ढोरपाटन न्युजबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )