मालिका, भदौ-३, म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँ स्थित गलकोटमा एक महिलाको विभत्स हत्या भएको छ । वडा अध्यक्ष मोतिप्रसाद बुढाका अनुसार, आइतबार साँझ करिब साढे ६ बजेको समयमा स्थानीय युवा दलबिर श्रीपालीले धारीलाे हतियार प्रहार गरी सोही गाउँकी बिनाकुमारी बिकको हत्या गरेका हुन् ।
अहिले घटनास्थलमा वडा अध्यक्ष बुढा सहित इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएकाे प्रहरी टोली पुगेको छ । घटनास्थलमा बन्चरो , दाउ र हँसिया फेला परेको छ । मृतक बिनाकाे टाउकाेमा चाेट लागेकाे छ । केही समय अघि मात्र उनिहरु बिच जग्गा किनबेचको विषयमा विबाद भएको बुझिएको छ ।
अन्दाजी ३५ वर्षिय दलबिर र ४३ वर्षिया बिना छिमेकी नाताले दिदिभाई पर्ने हुन् । हत्या गरेर फरार भएका अभियुक्त श्रीपालीलाई सोही वडाको खतेन गाउँमा आफन्तको घरमा लुकेर रहेको अवस्थामा राती करिब पौने ११ बजेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )