चैत्र १, लेकफाट सामुदायिक बिधुतिकरण उपभोक्ता समितिको अध्यक्षमा यमुना दत्त पौडेल चयनहुनु भएको छ । चैत १ गते सम्पन्न भेलाले सर्वसम्मत रुपमा पौडेललाई अध्यक्षमा चयन गरेको हो ।
कार्यसमिति चयनका लागी वडा नं ५ का वडाध्यक्ष तिलक बहादुर जिसीको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । निर्वाचन मण्डलमा हरि प्रसाद रेग्मी र बिष्णु जिसी रहनु भएको थियो । भेलाले सर्वसम्मत रुपमा अध्यक्ष लगायत कार्यसमिति चयन गरेपछि निर्वाचनको प्रक्रियामा जानु नपरेको हो । यमुनादत्त पौडेल सर्वासमत रुपमा दोश्रो पटक अध्यक्ष पदमा चयन हुनु भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा बिष्णु जिसी, सचिवमा भगवान आचार्य, कोषाध्यक्षमा माया भुषाल रेग्मी, सहसचिवमा झलक बहादुर जिसी रहनु भएको छ । १५ सदस्यीय कार्यसमितिको सदस्यहरुमा जित बहादुर फगामी, नरेन्द्र पुन, लक्ष्मण पुन, बिनोद पुन, गोबिन्द सुबेदी, रेशम नेपाली, माया जिसी, बलराम सुबेदी, खड्का मल्ल र खिम बहादुर जिसी रहेको लेकफाटबाट जनक पौडेलले बताउनु भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )