म्याग्दी, साउन-१५, म्याग्दीको बेनी स्थित न्यु वेष्ट पोइन्ट विद्यालयलाई राष्ट्रियस्तरको सम्मान प्राप्त भएको छ । चन्द्रलोक प्रतिष्ठान काठमाडौँले न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयलाई गण्डकी प्रदेशको एक उत्कृष्ट संस्थाको रुपमा सम्मान गरेको हो । रसियन कल्चर सेन्टर काठमाडौँमा मंगलबार आयोजित एक कार्यक्रममा पुर्व मंत्री अर्जुन नरसिंह केसी र संस्थाका अध्यक्ष सिताराम केसीले खादा-माला र पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले विद्यालयका संस्थापक निर्देशक कृष्ण प्रसाद श्रेष्ठलाई सम्मान पत्र प्रदान गर्नुभएको हो ।
विद्यालयले प्रविधिमैत्री, प्रतिस्पर्धी र क्षमतावान शैक्षिक जनशक्ति उत्पादनमा पुर्याएको अतुलनीय योगदान एवं भौतिक पूर्वाधार, प्राविधिक ब्यबस्थापन तथा गुणात्मक शिक्षाको संयोजनबाट प्रदेश स्तरमा उत्कृष्ट शैक्षिक संस्थाको रुपमा आफुलाई स्थापित गर्न सफल भएकोमा यो सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले हरेक वर्ष देशभरमा शिक्षा, समाजसेवा लगायतका क्षेत्रमा योगदान पुर्याउने ब्यक्ती तथा संस्थाहरुलाई सम्मान गर्दै आइरहेको छ ।
शैक्षिक जनशक्ति उत्पादनमा विद्यालयले गरेको प्रयासलाई मुल्यांकन गरेर वेष्ट पोइन्टलाइ उत्कृष्ट विद्यालय सम्मान प्रदान गरेकोमा विद्यालयले प्रतिष्ठान प्रति आभार प्रकट गर्दै आगामी दिनमा शैक्षिक गुणस्तर बृद्दीको लागी निरन्तर लागिरहने जनाएको छ । सम्मान कार्यक्रममा विद्यालयका संस्थापक निर्देशकहरु हरिकृष्ण श्रेष्ठ र रबिन्द्रराज जोशीको समेत उपस्थिति रहेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )