बेनी, साउन-४, म्याग्दीको बेनी नगरपालिका–९ धार्मिकस्थल गलेश्वरधाममा ज्येष्ठ नागरिक सभाहल निर्माण गरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोष र ज्येष्ठ नागरिक आश्रमको संयुक्त लगानीमा सभाहल निर्माण गरिएको हो । ज्येष्ठ नागरिकलाई विश्रामस्थल, धार्मिक गतिविधि, भेला तथा भेटघाट र विभिन्न कार्यक्रम गर्ने गरी निर्मित सभाहलको सभाहलको शुक्रबार बेनी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष चक्रबहादुर केसी र गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ लाख र ज्येष्ठ नागरिक आश्रमको तीन लाख ४९ हजार ६ सय ५० रुपियाँ गरी कुल १८ लाख ४९ हजार ६ सय पचास रुपियाँ लागतमा सभाहल निर्माण गरिएको हो । ज्येष्ठ नागरिक आश्रममा रहेको सामुदायिक स्वास्थ्य इकाईको भवन माथि तला थपेर निर्माण गरिएको फेब्रिक प्रविधिको सभाहलमा डेढ सय जना सहभागी हुन सक्ने क्षमता रहेको ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनको भनाई छ ।
सभाहल निर्माण भएपछि खुल्ला चौरमा भेला हुनु्पर्ने ज्येष्ठ नगारिकको बाध्यता हटेको छ भने दिउँसोको समयमा टिभीबाट समेत प्रबचन सहितका कार्यहरुका लागि समेत सहज भएको छ । गलेश्वर शिवालयमा भक्तजनहरुले चढाएको भेटीको रकमबाट ज्येष्ठ नागरिक आश्रममा सभाहल निर्माण गरिएको भवनमा म्याग्दी प्रवासी संघ(मोना) कतारले पचासहजार रुपियाँ बराबरको सभाहलमा आवश्यक पर्ने फर्निचर,कुर्ची,सफासेट र पोडियम सहयोग गरेको छ । ज्येष्ठ नागरिक आश्रममा अहिले ४८ जना वृद्धवृद्धाहरुले आश्रय लिएका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )