बेनी, साउन-१, डिभिजन वन कार्यालय म्याग्दीले जिल्लाका तीन वटा सामुदायिक वन उपभोक्ता समिति र पत्रकारलाई पुरस्कृत गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा बन क्षेत्रको संरक्षण, ब्यवस्थापन र समुदायमा आधारित गतिविधिमा उत्कृष्ट हुन सफल सामुदायिक वन उपभोक्ता समितिहरूलाई नगद सहित पुरस्कृत सहित सम्मान गरिएको हो । मंगलबार डिभिजन बन कार्यालयमा आयोजित कार्यक्रमा प्रथम हुनेमा मंगला गाउँपालिका–५, छिस्वाङस्थित आरुबोट सामुदायिक उपभोक्ता समिति, द्धितिय मालिका गाउँपालिका–६, दिच्यामको पातलठुलो चौर गोजा रातोभी सामुदायिक वन उपभोक्ता समिति र तृतिय स्थानमा बेनी नगरपालिका–५, भीरमुनीको चिप्लरी सामुदायिक वन उपभोक्ता समिति रहेको छ ।
प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश नगद १० हजार ७ हजार, ५ हजार नगद सहित प्रमाणपत्रले प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, डिभिजन बन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले सम्मान गरेका थिए ।सोही अवसरमा पत्रकारिताको माध्यमबाट वन अतिक्रममुक्त अभियान तथा वातावरण संरक्षणमा योगदान पु¥याएको भन्दै पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरिकृष्ण गौतम र वन कार्यालयका कर्मचारी गोविन्द सुबेदीलाई प्रशंसापत्र सहित दोसल्लाले सम्मान गरिएको थियो । सम्मानितको तर्फबाट आरुबोट सामुदायिक उपभोक्ता समितिका अध्यक्ष नरबहादुर पूर्जाले समुदायको सहकार्यबाटै बन क्षेत्र जोगाउन सकिने बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख थापाले सामुदायिक बनमा विकास निर्माण् हुदाँ हुने विवादलाई समाधान गरी बन क्षेत्रको संरक्षण र विकासजन्य गतिविधिलाई समेत निन्तरता दिनुपर्ने बताए । सम्मान कार्यक्रममा डिभिजन बन कार्यालयका प्रमुख अधिकारीले सामुदायिक वनको संरक्षण र व्यवस्थापन गतिविधिहरूमा आधार मानेर तीन सय १३ सामुदायिक वन उपभोक्ता समितिमध्ये कार्यसम्पादन मूल्याङ्कनका आधारमा तीन वटा उपभोक्ता समितिलाई उत्कृष्ट छनौट गरिएको बताए । जिसस प्रमुख थापाको प्रमुख आतिथ्यता, डिभिजन बन अधिकृत चन्द्रमणी सापकोटाको स्वागत र बन अधिकृत रिता खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल सहित पत्रकार र डिभिजन बन कार्यालयका कर्मचारीको उपस्थिती रहेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )