फागुन २९, प्रधानमन्त्री केपी ओलीले वृद्धभत्ता बढाउने घोषणा गर्नु भएकोछ । उहाँले अहिले कायम रहेको ३ हजार रुपियालाइ चाँडै नै ४ हजार पुु-याइने घोषणा गर्नु भएको हो तर उहाँले कहिले देखि बढ्ने भन्ने मिति भने तोक्नु भएको छैन ।
अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजना गरेको भेलामा प्रधान मन्त्रीले यस्तो घोषणा गर्नु भएको हो ।
२०५१ सालमा १ सय रुपैयाँबाट हामीले सुरु गरेको सामाजिक सुरक्षा भत्ता, जसलाई त्यसबेला वृद्धभत्ता भनियो अहिले त्यसलाई ३ हजार पुु-याएका छौं । ५ हजार पुु-याउने हाम्रो उद्देश्य छ,’ ओलीले भन्नु भयो ,‘४ हजार त छिट्टै पुु-याइहाल्छौं । छिट्टै पुु-याउँछौं हामी । तर, जनतालाई हेर्ने अरु कोही छ ?’
वृद्धवृद्धा र शारिरिक अपांगता भएका व्यक्तिहरुलाई आफ्नो सरकारबाहेक अरुले नसम्झिएको दाबी पनि उउहाले दावी गर्नु भयो । उहाले भन्नु भयो ‘यस देशमा जनतालाई हेर्ने हामीबाहेक को छ ? गफ गरेर हुन्छ ?
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )