जलजला, असार १५ – नेपाल एक कृषिप्रधान देश हो, जहाँ अधिकांश जनसंख्या कृषिमा निर्भर छ। विशेषगरी पहाडी र तराई क्षेत्रका किसानहरूले असार १५ लाई रोपाइँ पर्वको रूपमा मनाउँछन् । यस दिनलाई धान खेतीको शुभारम्भको प्रतीक मानिन्छ। असार महिनाको मध्यतिर प्रचुर मात्रामा वर्षा हुने भएकाले यस समयलाई धान रोपाइँको लागि उपयुक्त मानिन्छ । नेपालमा असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने चलन बिस्तारै स्थापित हुँदै गएको छ । यो दिन नेपाली कृषकहरूको लागि विशेष महत्त्व राख्छ, जसलाई धान रोप्ने पर्वको रूपमा पनि चिनिन्छ ।
असार १५ का दिन, देशभरिका किसानहरू खेतमा जम्मा भएर सामूहिक रूपमा रोपाईं गर्ने गर्दछन । यसलाई एक पारिवारिक र सामुदायिक उत्सवको रूपमा मनाइन्छ, जहाँ मानिसहरू एकअर्कालाई हिलो छ्याप्दै रमाइलो गर्दछन् । खेतमा काम गर्ने किसानहरू बीचमा रोपाइँ गीत गाउने, नाच्ने र विभिन्न परिकारहरू तयार पारेर खाने प्रचलन छ। विशेषगरी दही चिउरा र रोटीले यो पर्वको महत्व अझ बढाएको छ ।
असार १५ अर्थात २१ औं राष्ट्रिय धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघ पर्वत जिल्लाको आयोजनामा पर्वतको जलजलला-८, फर्सेमा राष्ट्रिय धान दिवसको अवसरमा विशेष रोपाइँ कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका कानुन तथा न्याय मन्त्री पदम गिरीले कृषकहरूको महत्त्वलाई जोड दिँदै जबसम्म कृषक सम्पन्न हुँदैनन् तबसम्म देश समृद्धि तर्फ नजाने र कृषि कर्मलाई सबैभन्दा महान कर्मको रूपमा व्याख्या गर्दै हरेक मानव, चराचुरुंगी र पशुपंक्षी समेतलाई कृषकले पालन गर्ने हुँदा कृषक र कृषि कर्मलाई सानो ठान्न नहुने बताउनुभयो ।
कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू र विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो। कार्यक्रम अखिल नेपाल किसान महासंघका अध्यक्ष सृजन पौडेले सञ्चालन गरेको महासंघका सचिव एक बहादुर केसीले बताउनुभयो ।
सरकारले पनि असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा औपचारिक रूपमा मान्यता दिएको छ। कृषि मन्त्रालय तथा विभिन्न सरकारी निकायहरूले यस दिनलाई प्रवर्धन गर्न र कृषकहरूलाई सम्मान गर्न विविध कार्यक्रमहरूको आयोजना हुने गर्दछन् । कृषकहरूलाई प्रोत्साहन गर्ने, नयाँ प्राविधिक जानकारी प्रदान गर्ने र धान उत्पादनमा वृद्धि गर्ने उद्देश्यले विभिन्न तालिम र सेमिनारहरूको पनि आयोजना गर्ने गरेको छ ।
हालका वर्षहरूमा जलवायु परिवर्तनका कारण धान खेतीमा विभिन्न चुनौतिहरू देखा परेका छन् । अनियमित मौसम र अपर्याप्त सिंचाइ व्यवस्थाले किसानहरूलाई समस्यामा पारेको छ । त्यतिमात्र नभई रोजगरी तथा अध्ययनका लागी युवा विदेश पलायन हुनु र खेतबारीमा काम गर्नसक्ने जनशक्तीको अभावले गाउँका अधिकांश खेत बाँझै छन् । अर्कोतिर खेतीयोग्य जमिन प्लटिंग गरेर घरबस्ती बसाल्नु, कृषकलाई समयमा मल बिउ औजार उपलब्ध नहुनु र कृषिलाई महत्व नदिनुले कृषि पेशामा लाग्नेको संख्या दिनानुदिन घटिरहेको छ । यद्यपि, आधुनिक कृषि प्रविधि र प्राविधिक ज्ञानको प्रयोगले यी समस्याहरूको समाधान गर्न सकिन्छ । सरकारले पनि सिंचाइ सुविधा सुधार, उच्च गुणस्तरको बीउ वितरण र कृषकहरूलाई अनुदान दिने जस्ता कार्यक्रमहरूलाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।
असार १५, राष्ट्रिय धान दिवस, नेपाली कृषकहरूको मेहनत र समर्पणको प्रतीक हो। यो दिनले न केवल कृषकहरूको जीवनमा खुशी र आशा भर्छ, बरु समग्रमा देशको कृषि क्षेत्रमा नवजीवन भर्न मद्दत गर्दछ। कृषिमा आधुनिकता र परम्परालाई समेट्दै, नेपालको धान उत्पादनमा वृद्धि गर्ने दिशामा यो दिवसले महत्वपूर्ण भूमिका खेलिरहेको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )