कोभिड अस्पतालका प्रमुख मेडिकल अधिकृत डाक्टर लक्ष्मी पन्थी ‘सशक्त नारी सम्मान’बाट पुरस्कृत हुनुभएको छ । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा उहाँलाई बुधबार एक कार्यक्रमका बीच सम्मान गरिएको हो । उहाँलाइ भारतको राजधानी नयाँदिल्लीमा मेन्टर एण्ड मस्कट इण्डियन फिल्म फेडेरेशन (MMIFF )ले सम्मान गरेको हो ।
डा.पन्थीले आफूलाई सामाजिक डाक्टरको रुपमा एमएमआइएफएफले सम्मान गरेकोमा धन्यवाद दिँदै आफू पुरस्कृत हुन पाएकोमा गौवान्वित भएको बताउनुभयो । उहाँले आफूलाई आगामि दिनमा थप जिम्मेवार र सशक्त बनाउँदै लैजाने बताउनुभयो ।
डा.पन्थीले ग्रामीण र दुर्गम भेगका नागरिकको स्वास्थ्यमा सुधार ल्याउन जनचेतनामुलक कार्यक्रम गर्दै आउनुभएको छ भने दुर्गममै बसेर बिरामीको उपचार गरिरहनु भएको छ ।
उहाँले सम्मानबाट समाज सेवाप्रतिको भावनालाई जीवित राख्ने भन्दै आगामी दिनमा थप सेवाहरु दिन प्रोत्साहन मिलेको अनुभव सुनाउनुभयो । आफू पुरस्कृत हुन पाएकोमा गौरवान्वित भएको बताउँदै डा. पन्थीले आफूलाई भविष्यमा थप जिम्मेवार र सशक्त बनाउँदै लैजाने पनि बताउनुभएको छ ।
डा.पन्थीले ग्रामीण भेगका नागरिकको स्वास्थ्यमा सुधार ल्याउन जनचेतनामूलक कार्यक्रमहरु गर्दै आउनुभएको छ भने दुर्गममै बसेर बिरामीको उपचार गरिरहनुभएको छ ।
उहाँले कोभिड–१९ संक्रमणको रोकथाम तथा न्युनीकरणसहित अन्नपूर्णमा बृहत तथा निःशुल्क स्वास्थ्य शिविर, तपाइँले पाँच जनाको जीवन बचाउन सक्नुहुन्छ अभियान सञ्चालन, संक्रमित तथा बिरामीको घर भेटघाट र उपचार, विद्यालय तहमा स्वास्थ्य शिक्षा जस्ता जनस्वास्थ्यका अभियानहरु सञ्चालन गर्दै आउनुभएको छ ।
डाक्टर पन्थी म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिकामा संचालित कोभिड -१९ अस्पतालमा कार्यरत हुनुहुन्छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )