बेनी, असार-१४, म्याग्दीकी ललिता शेर्बुजा मिस नेपालको टप २६ मा पुगेकी छिन । जिल्लाको रघुगंगा गाउँपालिका -१ बेग स्थायी ठेगाना र बेनीको न्यु वेष्ट पोइन्ट आवासिय माविकी पुर्व विद्यार्थी ललिता शेर्बुजा मिस नेपाल २०२४ को टप २६ मा पुगेकी हुन् । लोकप्रिय सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२४’ को प्रतिस्पर्धामा रहेकी म्याग्दीकी ललिता शेर्बुजालाई भोटिङ प्रक्रियाबाट जिताउन अपिल गरिएको छ ।
मिस नेपालको आयोजक संस्था हिडन ट्रेजर नेपालले मिस नेपाल २०२४ का लागि शेर्बुजालाई भोट हाल्नका लागि उनको भोटिङ कोड १५ रहेको छ । भोटिङका लागि डिजिटल वालेट खल्ती डाउनलोड गर्नुपर्नेछ । खल्ती एपमा इन्टरटेनमेन्ट सेक्सनमा गएर भोट अप्सनमा गई मिस नेपालको भोटिङ अप्सनमा गएर भोटिङ गर्न सकिने कम्पनीले जनाएको छ ।
मिस नेपाल २०२४ का लागि खल्ती प्रयोगकर्ताले एक भोट सित्तैमा हाल्न पाउनेछन् । साथै केवाईसी भेरिफाई गरिएका खल्ती एपका प्रयोगकर्ताले अर्को एक भोट थप गरी दुई भोटसम्म निशुल्क हाल्न पाउने कम्पनीले जनाएको छ ।
म्याग्दीको बेनी स्थित न्यु वेष्ट पोइन्ट विद्यालयकि पुर्व विद्यार्थी २०७२ सालको मिस SLC रनर अप हुन् ।विद्यालयले समेत सेर्बुजालाई जिताउन भोटको लागी आभिभावक, विद्यार्थी र शिक्षक कर्मचारीहरुलाई अपिल गरेको छ । मिस नेपाल २०२४ मा उत्कृष्ट २६ भित्र परेकी अस्ट्रेलियाबाट नेपाल फर्केकी हुन् । म्याग्दी जिल्लाको कला, संस्कृति, भेषभुषा, रहनसहनको संरक्षण र प्रर्बधनका साथै जिल्लाको सुन्दरताको समेत मिन नेपालमार्फत प्रचारप्रसार गर्ने बताएकी छिन ।
उनले स्वदेश तथा विदेशबाट सहयोग गरिदिन समेत अपिल गरेकी छन् । उनले प्रतियोगितामा हालसम्मको प्रस्तिपर्धा सन्तोषजनक रहेको बताएकी छन् । मिस नेपालको प्रतियोगिताबाटै मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल विधामा प्रतिस्पर्धा हुनेछ । ग्राण्ड फिनाले साउन १९ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने जनाइएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )