बेनी, असार-१३, माध्यामिक शिक्षा परीक्षा (एसइई) को २०८० मा म्याग्दी जिल्लाबाट परीक्षामा सदरमुकाम बेनीस्थित लिटल गार्डेन एकेडेमीबाट परीक्षामा सम्मिलित बिदिशा सुबेदीले ३.८६ जीपीए ल्याएकी छन् । बिहिबार राष्ट्रिय परिक्षा बोर्डद्वारा सार्वजनिक गरेको नतिजामा रघुगंगा गाउँपालिका–३,मौवाफाँटकी सुबेदीले संस्थागत र सामुदायिकतर्फ म्याग्दीकै सवोत्कृष्ट भएकी हुन् ।
त्यसैगरी, प्रकाश माविका सुधन घिमिरे सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट भएका छन् । घिमिरेले ३.८३ जिपिए ल्याएका छन् । त्यसैगरी संस्थागत विद्यालयको जिल्लाको सम्रग नतिजामा घिमिरे द्धितिय भएको प्रकाश माविले जनाएको छ । त्यस्तै छात्रातर्फ प्रकाश माविकै सामुदायिक विद्यालयमा सुजना श्रेष्ठले ३.७९ जिपिए ल्याएकी छन् ।
म्याग्दीमा यसपटक १८ सय ४० जना विद्यार्थीमध्ये ३७.७४ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् भने परीक्षामा सहभागी भएकामध्ये ६२.२६ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । ननग्रेडमध्ये पूरक परीक्षा दिन पाउने विद्यार्थी ३१ प्रतिशत र अर्को बर्षको परीक्षा कुर्नुपर्ने विद्यार्थी ३२ प्रतिशतको हाराहारीमा रहेका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )