पर्वत, असार-६, पर्वत जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । बुधवार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजीत एक कार्यक्रमका वीच गण्डकी प्रदेश सभा सदस्य मित्रलाल बस्यालले जिल्लालाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गर्नुभएको हो ।
स्वास्थ्य कार्यालय पर्वतले आयोजना गरेको कार्यक्रममा पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा पछि प्रदेश सभा सदस्य बस्यालले स्वास्थ्य सेवा प्रभावकारी बनाउन नसक्दा ग्रामीण क्षेत्रमा बसाईसराईको दर बढिरहेको उल्लेख गर्नुभएको छ । उहांले स्वास्थ्यकर्मीहरुले आफ्नो क्षमता भ्याएसम्म सेवा प्रवाह गरे पनि सरकारले अझै स्वास्थ्य सेवालाई विस्तार गर्न नसकेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. विनोद विन्दु पौडेलले जिल्लाको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रयास प्रदेश सरकारले गरीरहेको उल्लेख गर्नुभयो । फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले स्वास्थ्य क्षेत्रको बजेट अझै धेरै बृद्धि गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथ प्रतिनिधिहरुहरुले आफ्नो आफ्नो धारणा राखेका थिए । घोषणा सभामा सहभागी क्षेत्रगत प्रतिनिधिहरुले घोषणापत्रमा हस्ताक्षर गरेर घोषणा कार्यक्रममा सहभागीता जनाएका थिए ।
कार्यक्रमको अवसरमा पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न सहयोग गर्ने, भूमिका खेल्ने स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम खोप समन्वय समितिका संयोजक तथा समन्वय समितिका प्रमुख विष्णुराम विकको अध्यक्षतामा सम्पना भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )