देवी जिसी/बेनी, असार-२, म्याग्दीको बेनीमा युवामा दुर्व्यसन र विकृतिलाई निरुत्साहित गर्न सचेतना तथा परामर्श कार्यक्रम गरिएको छ । आइतबार गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग, जिवन बाटिका नेपालको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको ब्यवस्थापनमा आयोजित कार्यक्रममा युवाहरूमा बढ्दै गैरहेको दुर्व्यसन र विकृतिलाई निरुत्साहित गर्न सचेतना कार्यक्रमहरू सञ्चालन गरिएको हो ।
कार्यक्रमका उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने कुरा सबैको दायित्व भएको बताउनुभयो । लागुऔषध दुर्ब्यसनीलाइ कमगर्न सरोकारवाला निकायसँगै अभिभावक समेत संवेदनशील रहेको बताउनुभयो । कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले युवा पुस्ताको भविष्य सुन्दर बनाउन दुर्वयसनीमा फसेका युवालाई सुधार्न अभियान थाल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
सामाजिक विकास विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले अहिले चाडबाड मनाउदा होस् वा जन्मदिन मनाउदा होस् बियरका बोतल राखेर फोटो खिचेर प्रदर्शन गर्दछौं यसले बाला मनोविज्ञानमा नकारात्मक असरपार्ने र दुर्व्यसनीको सुदुवात यसरी नै हुने हुँदा यस्ता कुरामा अभिभावक लगायत सबै अत्यन्तै सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिबन बाटिका नेपालका अध्यक्ष समिर गुरुङले सहजीकरण गर्नुभएको थियो । उहाँले लागु पदार्थ र यसको दुर्व्यसन यसको असर, त्यसबाट छुटकारा कसरी पाउने भन्ने कुरा बताउनुभयो । कार्यक्रममा तनाव ब्यबस्थापनका बारेमा उमा प्रधान गुरुङले दैनिक जीवनमा तनाव र त्यसको ब्यबस्थापन बारे बोल्नुभएको थियो । कार्यक्रममा जीवन बाटिका नेपाल स्यांग्जाका अध्यक्ष नबिन अर्यालले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रम म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुबिन श्रेष्ठको अध्यक्षता, बेनी नगरपालिकाका प्रमुख सुरत केस्सिको प्रमुख आतिथ्यता, र उउद्योग बाणिज्य संघका द्वितीय उपाध्यक्ष अमित बानियाको संचालनमा सम्पन्न्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )