देवी जि.सी. /जलजला, असार, १, पर्वत बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको छैठौं वार्षिक साधारणसभा , तेस्रो अधिवेशन तथा एघारौं वार्षिक उत्सव सम्पन्न भएको छ । पर्वत बेनीको ज्ञान गौरी प्यालेस होटलमा बिहिबार सम्पन्न अधिबेशनले दिल बहादुर बरुवालको अध्यक्षतामा १३ सदस्सिय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा भगवती शर्मा, सचिव हिराबहादुर बरुवाल, कोषाध्यक्ष सम्मर बहादुर थापा र सह -चिवमा कमला बानिया थापा चयन हुनु भएको छ । त्यसैगरी कार्यसमितिको सदस्यहरुमा चित्रलाल रेग्मी, श्थयाम नाथ रेग्मी, मायादेवी सुनार, खिमा कुमारी सापकोटा, ज्ञानु जिसी थापा, सुमन श्रेष्ठ गिरि, दिपा खत्री र पदम बहादुर कार्की चयन हुनुभएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले जलजला गाउँपालिकामा यो योजनाले जनसंख्याको चाप भएको बजार क्षेत्रका बासिन्दालाई अत्यधिक लाभ भएको बताउनुभयो ।उहाँले पालिकाका कुनैपनि बासिन्दालाई खानेपानीबाट बन्धित हुन नदिने प्रतिबद्दता ब्यक्त गर्नुभयो। पालिकाको वार्षिक योजनामा नरहेको भएपनि खानेपानीको समस्या लिएर कोहि पालिकामा आउनुभयो भने प्राथमिकताका साथ समस्या समाधान गर्ने बताउनुभयो ।
त्यसै गरी म्याग्दीको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रमेश गिररिले भौगोलिक हिसावले नजिक रहेपनि प्रशानिक हिसावले म्याग्दी बेनीमा वितरित पुंग्खोदीलाको पानी पर्वत बेनीमा वितरण गर्न नसकेको बताउनुभयो । उहाँले पर्बत बेनी खानेपानीको होस् या म्याग्दीको बेनीमा वितरित खानेपानी होस् स्वास्थ्य कार्यालको तथ्यांक हेर्दा पानीका कारण कोहीपनि बिरामी नभएकोले यो पानी स्वस्थ रहेको जिकिर गर्नुभयो ।
कार्यक्रममा दियालो सफ्टवयरका प्रतिनिधिले पर्बत खानेपानी ले लागु गरेको डिजीटाइज्ड प्रविधिको बारेमा प्रस्तुतीकरण गरनुभएको थियो । कार्यक्रममा वडा नं ३ का अध्यक्ष योगेन्द्र बहादुर खत्री, उद्योग बाणिज्य संघ जलजला उपशाखाका अध्यक्ष हिराबहादुर जिसी, पश्चिम नेपाल बचत तथा ऋण सहकारी पर्बत बेनीका संयोजक दिलबहादुर बरुवाल, उपभोक्ताको प्रतिनिधित्व गर्दै कमला बानिया थापा, लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सचिव शिव बहादुर कार्कीको प्रतिबेदन सहचिव हिराबहादुर बरुवाल, कोषाध्यक्ष सम्मरबहादुर थापाले आर्थिक प्रतिबेदन र अध्यक्ष लोकनाथ रेग्मीले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । अधिबेशन तथा साधारण सभाको अवसरमा असल उपभोक्ता र उत्कृष्ट कर्मचारीहरु सम्मानित भएका छन् ।
अधिबेधन संस्थाका अध्यक्ष लोकनाथ रेग्मीको अध्यक्षता, जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यको प्रमुख अतिथ्यता, उपाध्यक्ष रेनु मल्लको स्वागत र संचालन सहसचिव हिरा बहादुर बरुवालको संचालनमा सम्पन्न भएको हो ।
पर्बतबेनी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा जलजला -४ लामाखेत देखि वडा न ३ को पर्बत बेनी र बगरफाट त्यसैगरी वडा न २ को बगरफाट क्षेत्रलाई ७ वटा क्लस्टरमा छुट्टाएको छ । बौर क्षेत्रमा ABC पर्बत बेनी क्षेत्रमा DEF र लामाखेत क्षेत्रमा G गरि छुट्याइएको छ । जस अनुसार क्लस्टर A मा १०० B मा ८८ र C मा ६९ जना D मा १४६ जना E मा ११९ जना F मा १०९ जना र G मा ७६ जना गरि कुल ७०८ जना उपभोक्ता रहेका छन ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )