बेनी, जेठ-२६, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नश्ल सुधारको लागि बाख्रापालक किसानलाई बोयर जातको बोका वितरण गरेको छ। १० औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिकाले १२ जना किसानहरुलाई उन्नत जातको बोका वितरण गरेको हो । गाँउपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा बाख्रापालक किसानलाई प्रोत्साहनका लागि स्थानीय जातको बाख्राको नश्ल सुधार गर्दै उत्पादन तथा मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले लागत साझेदारीमा बोका वितरण गरेको पशु शाखा प्रमुख रमेश केसीले बताए ।
गाउँपालिकाले साना तथा मझौला किसान लक्षित गरी सञ्चालन गरेको कार्यक्रममा किसानले खरिद गरेको बोकाको लागतमा ५० प्रतिशत अनुदान दिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीको भनाई छ । यसअगाडी समेत बाख्रापालनमा सक्रिय किसानको प्रोत्साहनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको थियो । समान्य बाख्रापालन किसानले खरिद गर्न नसक्ने बोयर बोकामा गाउँपालिकाले अनुदान दिएपछि सहज भएको नारच्याङ कोेप्चेपानीमा तुलाराम बुढाको भनाई छ ।
बोयर जातको बोका वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष भरतकुमार पुन, वडा नं २ का वडा अध्यक्ष ओमप्रसाद फगामी, वडा नं वडा नं ३ का वडा अध्यक्ष रमेश पूर्जा, वडा नं ४ कार्यवाहक अध्यक्ष भिम शेरपुञ्जा, ८ का वडा अध्यक्ष खमबहादुर गर्बुजा लगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा गाईपालनमा सक्रिय किसानलाई २० थान म्याट समेत वितरण गरिएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )