बेनी, जेठ-२७, म्याग्दीको बेनीमा विज्ञान विषय शिक्षकका लागी एक दिने तालिम संचालन भएको छ । आइतबार कडरिया पब्लिकेशन प्रा.लीको आयोजना र सगुन स्टेसनरी बेनीको ब्यबस्थापनमा विज्ञान विषय शिक्षकका लागी एकदिने तालिम संचालन भएको हो । गलेश्वोर स्थित होटल याकमा संचालन भएको तालिममा म्याग्दीका संस्थागत तथा सामुदायिक विद्यालयका ३२ जना शिक्षकहरु सहभागी रहेका थिए ।
तालिममा पाठ्यक्रम विकास केन्द्रका विषय बिज्ञ तथा लेखक चिन्तामणि पन्थीले सहजीकरण गर्नुभएको थियो । विद्यालयमा विज्ञान विषय अध्यापन गराउने शिक्षकले कक्षामा अध्यापन गर्ने सिप र प्रश्नपत्र निर्माण एवम मुल्यांकन पद्दतिबारे लेखक पन्थीले सहजीकरण गर्नुभएको थियो ।
तालिम संचालन हुनुपूर्व भएको औपचारिक कार्यक्रममा बोल्दै प्याब्सन म्याग्दीका उपाध्यक्ष सुबासकुमार श्रेष्ठले बर्तमान समयमा विज्ञान बिषय अत्यन्तै महत्वपुर्ण भएकोले सैद्दान्तिक र ब्यबहारिक दुवै पक्षबाट विद्यार्थीलाई कुशल बनाउनु प्याब्सन म्याग्दीले यस्तो महत्वपुर्ण कार्यक्रम गरेको बताउनुभयो । उहाँले सम्पूर्ण सहभागी शिक्षकलाई अत्यन्तै सक्रियताका साथ सिकाइ प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभयो ।
कार्यक्रम प्याब्सन म्याग्दीका अध्यक्ष हिरापुनको अध्यक्षता, उपाध्यक्ष सुबास कुमार श्रेष्ठको स्वागत र सचिव दिपक सुबेदीको संचालनमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )