देवी जि.सी./बेनी, जेठ-१७, म्याग्दीको बेनी नगरपालिका वडा नं १ स्थित रत्नेचौरमा पाँच दिने बाख्रा पालन सम्बन्धि तामिल सम्पन्न भएको छ । रत्नेचौर सामुदायिक सिकाइ केन्द्र र बेनी नगरपालिका वडा नं १ को आयोजनामा जेठ १३ गते देखि शुरुभएको तालिम आज १७ गते बिहिबार सम्पन्न भएको हो ।
तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेनी नगरपालिका वडा नं १ का अध्यक्ष टेक बहादुर थापाले कृषकलाई लक्षित गरेर संचालन गरीएको यस तालिमले आय आर्जनको श्रोत बाख्रपालनालाई व्यावसायिक बनाउन सहयोग पुग्ने बताउनुभयो । त्यसैगरी कार्यक्रममा राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका बरिष्ठ पशु चिकित्सक डा. अपार पौडेल, प्रमुख प्रशिक्षक भरतराज गौतम, भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश बोगटी, सामुदायिक सिकाइ केन्द्रका संस्थापक अध्यक्ष सरिता देवी शर्मा, तालिममा सहभागीको तर्फबाट सावित्री थापा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
परम्परागत रुपमा पशुपालन गर्दै एका कृषकको क्षमता अभिबृद्दी गर्दै ब्यबसायिक बनाउनने उद्देश्यले तालिमको संचालन गरिएको र तालिममा २० जना पशुपालक कृषक सहभागी रहेका थिए । तालिममा सहभागी २० जनालाई बाख्रा समेत वितरण गरिएको थियो ।
समापन कार्यक्रम सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष हिराबहादुर क्षेत्रीको अध्यक्षता, बेनी नपा वडा नं १ का अध्यक्ष टेक बहादुर थापाको प्रमुख आतिथ्यता र सामुदायिक परिचालक सम्झना छन्त्यालको संचालनमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )