जलजला, बैसाख-८, पर्वतको जलजला गाउँपालिका–२ को पूर्ण गाउँमा रहेको बराह ताल पुरिंदा त्यसको शोभा नै हराएको छ । गत वर्ष साउन २५ गते जलजला- ५ स्थित कुवापानीको चिहान डाँडाबाट खसेको पहिरो र लेदोले ताल पुरिनुका साथै ताल संगै रहेको घर्ति कार्कीको कुल मन्दिर समेत जोखिममा परेको हो ।
ताल पुरिएपछी सो क्षेत्रको महत्व नै हराएर जाने देखिएको छ । जलजला गाउँ पालिका वडा नं २ का अध्यक्ष प्रकाश जिसीले अहिले ५ लाखको लागतमा पोखरी वरिपरी तार जाली लगाउने काम भएको तर पोखरीको माटो हटाउन, मुलघडेरीको बस्ति ब्यबस्थापन र माथिबाट बग्ने लेदोको ब्यबस्थापनका लागी एकीकृत बजेट आवश्यका पर्ने हुँदा प्रदेश सरकारसंग माग गरेर काम गर्ने बताउनुभयो । उहाँले यस अघि दुइ पटक सम्म प्रदेश सरकारसंग पहिरो नियन्त्रण, ताल संरक्षण र बस्ति ब्यबस्थापनको बारेमा माग गरिएको बताउनुभयो ।
बस्तीदेखि टाढा एकान्त वातावरणमा रहेको बराह ताल पर्यटकिया स्थल समेत हो तर ताल पुरिंदा अहिले बगर बनेको छ भने घर्ति कार्कीको कुल मन्दिर समेत जोखिममा छ । पहिरोका कारण मूल घडेरीका सात घर परिबार विस्थापित बनेका छन् ।
म्याग्दीको सदरमुकाम बेनीदेखि मल्लाज हुँदै करिब दुई घण्टा उकालो हिँडेपछि बराह ताल पुग्न सकिन्छ । तालबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ । हिमालको छाया पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्छ । जनै पूर्णिमामा बराहतालमा विशेष मेला लाग्छ । त्यहाँ पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )