पर्वत, वैशाख-१, नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित हुनुभएको छ । पहाडीले आफ्ना प्रतिस्पर्धि पदमपाणी शर्मालाई एक सय २१ मतको अन्तरमा जीत हात पार्नुभएको हो। पहाडीले २ सय ४८ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धि शर्माले १ सय २७ मत प्राप्त गरी पराजित हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा बिमल लामिछाने, सचिबमा सुबाचन्द्र पौडेल, उपसचिबमा चण्डिप्रसाद भुर्तेल र महिला उपसचिबमा बिन्दु अधिकारी निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा अधिकांस पहाडी समुहका उम्मेदवारहरु बिजयी भएका छन्। पहाडीलाई कानून, न्याय, तथा संसदीय मामिला मन्त्री पदम गिरीको समर्थन रहेको थियो । त्यसैगरी लेखा समिति अध्यक्षमा पहाडी समुहकै खड्ग बहादुर गुरुङ निर्वाचित हुनुभएको छ । अन्य पद सर्वसम्मत भएपनि २७ पदमा मात्र निर्वाचन भएको थियो । लामो समयको सहमतिको प्रयास असफल भएपछि अन्ततः मतदान प्रकृयामार्फत नेतृत्व निर्वाचित गरिएको हो।
एमाले पर्वतको अध्यक्षमा निर्वाचित भएसँगै गोबिन्द पहाडीले पार्टीलाई अझै मजवुत बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको
हो । आन्तरिक प्रतिस्पर्धामा हार जित स्वभाविक भएको भन्दै सवै नेता कार्यकर्तालाई एकजुट बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ।
लोकतन्त्र न्युजबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )