बेनी,चैत-२४, नेपाल कम्युनिष्ट पार्टी(एमाले) म्याग्दीले वडा अधिवेशन शुरु गरेको छ । एमाले अन्नपुर्ण गाउँपालिका कमिटीका अध्यक्ष धनकुमार पुर्जाका अनुसार अन्नपुर्ण गाउँपालिका–२ भुरुङको दोश्रो अधिवेशनबाट लोकबहादुर पुर्जाको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा देव गर्बुजा, सचिव चन्द्रकुमार फगामी र उपसचिव आशिष सिर्पाली रहनुभएको छ । त्यसैगरी वडा नम्बर ३ दानामा हस्त पुनको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको छ । उपाध्यक्ष तसबहादुर पुर्जा, सचिव देउबहादुर पुर्जा र उपसचिवमा कमला खत्री तथा ओलबहादुर रन्तीजा रहनुभएको छ ।
बेनी नगरपालिका–१० को दोश्रो वडा अधिवेशनबाट कृष्णबहादुर मल्लको अध्यक्षतामा गठन भएको वडा कमिटीको उपाध्यक्ष शान्त रोका, सचिव गोकुल शर्मा, उपसचिवमा हरि गर्बुजा र कृष्णकुमारी सापकोटा रहनु भएको नेकपा एमाले जिल्ला कमिटी सदस्य धनबहादुर रोकाले जानकारी दिनुभयो । त्यस्तै वडा नम्बर १ रत्नेचौरको अध्यक्षमा ताराप्रसाद थापा मगर, उपाध्यक्ष श्याम रोका मगर, सचिव मन्नु रावल, उपसचिवमा कल्पना थापा क्षेत्री र तुलबहादुर थापा रहेको २१ सदस्यीय वडा कमिटी गठन भएको एमाले बेनी नगर कमिटीका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । त्यस्तैगरी बेनी नगरपालिका–७ मा कोषानन्द आचार्यको अध्यक्षतामा गठन भएको कमिटीको उपाध्यक्षमा यामबहादुर बानियाँ, सचिव सुमन पौडेल, उपसचिवमा नरु थजाली र बिपिन श्रेष्ठ रहनुभएको २१ सदस्यीय कमिटि गठन भएको छ । त्यस्तै वडा नम्बर ७ को अध्यक्षमा डम्बरबहादुर बानियाँ, उपाध्यक्षमा सुन्दर केसी, सचिव सर्मिला पुन, उपसचिवमा प्रेमबहादुर घिमिरे र विस्वु जिसी रहनुभएको नगर कमिटीका सचिव भोजबहादुर रिजालले जानकारी दिनुभयो ।
त्यसैगरी रघुगंगा गाउँपालिका–६ पाखापानीमा केशब पाइजाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष झलक शर्माले जानकारी दिनुभयो । वडा कमिटीको उपाध्यक्षमा केशब पाइजा, सचिव धर्मकुमार राम्जाली, उपसचिव कुसुम विक र भक्तबहादुर छन्त्याल रहनुभएको छ ।
नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटीका अध्यक्ष प्रगति कार्कीका अनुसार वडा नम्बर ३ को अध्यक्षमा विष्णु भण्डारी, उपाध्यक्ष प्रेम केसी, सचिव तमबहादुर पुन, उपसचिवमा जितबहादुर भण्डारी र गंगादेवी पुन रहनुभएको छ । त्यस्तै डा नम्बर २ को अध्यक्षमा गमप्रसाद विक, उपाध्यक्षमा अकप्रसाद विक, सचिव केशरबहादुर पुर्जा, उपसचिवमा मिमबहादुर पाइजा र गौमायाँ बिक रहनुभएको छ । त्यसैगरी धवलागिरी गाउँपालिका–४ को अध्यक्षमा नरसिंह घर्ती, उपाध्यक्ष रेशम पुन, सचिव भीमबहादुर गर्बुजा, उपसचिव नरबहादुर सुनार र सरदेवी पुन रहनु भएको छ ।
मालिका गाउँपालिका–७ बिमको वडा अधिवेशनबाट अध्यक्ष नविन पुन, उपाध्यक्ष सनमान जुगजाली, सचिव देउप्रसाद फगामी, उपसचिव धनसिंह शेरपुञ्जा र बिष्णु जुगजाली रहेको वडा कमिटी कमिटी गठन भएको नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य खरमायाँ बिटालुले जानकारी दिनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )