देवी जि.सी./ जलजला, चैत-२३, पर्वतको जलजलामा मेलमिलापकर्ताहरुको क्षमता अभिवबृद्दीको लागी दुइदिने पुनर्ताजगी तालिम शुरुभएको छ । चैत २३ गतेदेखि २४ सम्म संचालन हुने तालिमको आज (शुक्रबार) पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रजिअ आचार्यले पालिका स्तरमा मेलमिलाप कर्ताहरुले अत्यन्तै महत्वपुर्ण भूमिका खेल्दा धेरै समस्याहरु समुदाय स्तरमै समाधान हुने र अदालतको चक्कर काट्नु पर्ने अबस्थामा कमि ल्याउने हुँदा मेलामिलापकर्ताहरुले अत्यन्तै बुद्दिमत्ता तरिकाले काम गर्नुपर्ने बताउनुभयो । उहाँले सहजकर्ताले कर्तव्यको पालना गर्दा नैतिकवान बनिने र न्यायिक निकायमा सहजता आउने कुरामा जोड दिनुभयो । उहाले भन्नुभयो ” यो तालिम लिएका व्यक्तिले नैतिकताका कुरालाई भुल्नु हुँदैन । ”
कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै जलजला गाउँपालिकाका प्रशासकिय अधिकृत फणिन्द्र प्रसाद आचार्यले संविधानले देवानी प्रकृतिका मुद्दाहरु मिलाउने तरिकाले गाउँपालिकामा मेलामिलाप गराउन न्यायिक समित गठन गरेको र यसले गर्दा दुवै पक्षले जितेको आभास गराउने गरि न्यायिक समितिले भुमिका खेलेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा कार्यपालिका सदस्य भीमसेन बराइलीले स्थानिय तहहरुलाई दिइएका विभिन्न जिम्मेवारीहरु मध्ये महत्वपुर्ण बिभाग भएको बताउनुभयो । उहाँले यो तालिम अघिल्लो वर्ष दिइएको ४८ घन्टे तालिमको पुनार्ताजागी भएको बताउंदै गाउँ घरमा भैरहने विभिन्न खालका मुद्दाहरु समितिको सहयोगमा समाधान हुनेगरेको बताउनुभयो ।
कार्यक्रममा वडा नं ७ का अध्यक्ष तुंगनाथ शर्मा, नेकपा माओबादी प्रदेश कमिटी सदस्य दुर्गा बहादुर दर्जी, नेकपा एमाले जलजलाका अध्यक्ष बाबुराम कार्की, नेपाली कांग्रेस जलजला गाउपालिकाका सचिव नविन जिसी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
दुइदिनसम्म संचालन हुने तालिम कार्यक्रमको पहिलो दिन जिल्ला प्रशासन कार्यालय पर्वतका प्रशासकिय अधिकृत अर्जुन शर्माले “बिबाद वा द्वन्दको परिचय, कारण र स्थानीय विवाद निरुपनामा वडा कार्यालय तथा न्यायिक समितिको भूमिका” विषयमा र जिल्ला अदालत पर्वतका जिल्ला न्यायधिश विजयराज पौडेलले “मेलमिलापको अर्थ, मेलमिलापको प्रकार, मेलमिलापकर्ताको अनुभव, समस्या, समस्याको सम्बोधन र सरोकारवाला संगको सम्बन्ध” विषयमा सहजीकरण गर्नुभएको थियो ।
तालिमको उद्घाटन सत्र जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यको अध्यक्षता, प्रशासकीय अधिकृत फणिन्द्र प्रसाद आचार्यको स्वागत र संचालन गाउँपालिकाका अधिकृत त्रिविक्रम आचार्यले गर्नुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )