जलजला, चैत-२०, पर्वतको जलजला गाउँपालिका-२ दहमा भएको हत्याको अनुसन्धानलाइ तिब्र पारिएको छ । गएराती भएको घटनामा जलजला -२ दहमा बसोबास गर्ने ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी ६७ वर्षीया श्रीमती गमला जिसीको सोमबार राती हत्या भएको हो । घटनाको प्रभावकारी अनुसन्धानका लागी तालिमप्राप्त कुकुर सहित ‘फरेन्सिक टोली आएर अनुसन्धान थालेको छ ।
जि.सी. दम्पत्तीको हत्या सम्बन्धी अनुसन्धानका लागि विशेष टोलीका साथै तालिम प्राप्त कुकुर परिचालन गरिएको पर्वतका प्रहरी नायव उपरीक्षक खुमप्रसाद भुषालले बताउनुभयो । हत्यामा संलगनको अझै सम्म पहिचान नखुलेको र अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि प्रयोग गरेको उहाँले बताउनुभयो ।
साँझ सम्म वृद्द दम्पत्तीको हत्या कसले गरेको हो भन्ने पहिचान नभएको र अनुसन्धान जारी गरेको प्रनाउ भुषालले बताउनुभयो । घटनास्थल दहदेखि जलजलाको बगर हुँदै बेनी जोड्ने झोलुंगे पुल सम्म कुकुरको प्रयोग गरी अनुसन्धान थालिएको छ । अहिले घटना मुचुल्का गरी शवलाई बेनी अस्पतालमा ल्याइएको छ भने घटनास्थललाई सुरक्षित बनाएर तथ्य प्रमाणहरुको खोजी गरिरहेको छ ।
प्रारम्भीक अनुसन्धान अनुसार दम्पत्तीको हत्या गरी घरको ढोकाको बाहिरबाट चाबी लगाएर भागेको खुलेको छ । भेट्न आएका आफन्तले घरमा ताला लगाएको र फोन नउठेपछि बेनीको अस्पताल चोकमा फेन्सी ब्यवसाय गर्ने दम्पत्तीका छोरा रविनलाई खबर गरेका थिए ।
करिब ८ बजे रबिन घरमा पुग्दा जिसी दम्पत्तीको शरीर रगताम्मे अवस्थामा थियो । सुर्यबहादुरको शव खाट र गमलाको भुइमा थियो । शरिरमा धारिलो हतियार प्रयोग गरेको देखिन्छ ।
हत्याको घटना हेर्दा रहस्यमय देखिन्छ। प्रहरीलाई अनुसन्धानको बाटो पहिल्याउन समस्या हुन नदिन गण्डकी प्रदेशमा प्रहरीसँग भएका तालिम प्राप्त कुकुरले लिएर आएपछि घरको चाबी लगाएर भागेका अभियुक्तले हसिया सहित फालेको चाबी भेटिएको छ। हत्यामा प्रयोग गरिएको हसिया कुकुरले पत्ता लगाएको थियो ।
सुर्यबहादुरले सोमबार राती ९ बजे वडा अध्यक्ष प्रकाश जिसीलाई फोन गरेर घर नजिकै आगलागी भएको जानकारी समेत गराएको र बिहान घरभित्रै मृत भेटिएको खबर पाउँदा आफु अचम्मित र स्तब्ध भएको अध्यक्ष प्रकाश जिसीले बताउनुभयो । उहाँले भन्नु भयो “घटना रहस्यमय छ । ”
बेनी नगरपालिका -९ गलेश्वोरको पारी पट्टी र मल्लाज देखि गलेश्वर जाने पैदलमार्गमा पर्ने सुर्यबहादुरको घर एक्लो रहेको र नजिकै छिमेकी छैनन् । जिसीका माइला र कान्छा छोरा रोजगारीको लागि दक्षिण कोरीयामा र जेठा छोरा रविन जिसी बेनीमा फेन्सी व्यवसाय संचालन गरेर बस्नुभएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )