यतिबेला देशभरीका विद्यालयहरुमा वार्षिक परीक्षा सकिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (SEE) संचालन गरिरहेको छ । लगत्तै बैशाखमा कक्षा १२ को बोर्ड परीक्षा संचालन हुनेछ । कक्षा ९ सम्मका बार्षिक (अन्तिम) परीक्षा सकिएका छन् भने शैक्षिक संस्थाहरु नयाँ शैक्षिक सत्रको तयारीमा जुटेका छन् । त्यसैले विद्यालयमा विद्यार्थी भर्ना अभियान शुरु भैसकेको छ । कतिपय संस्थागत निजि विद्यालयहरुले नयाँ भर्नाको आव्हान गरिसकेका छन् ।
शैक्षिक सत्रको शूरुमा गरिने राम्रो तयारीले उक्त वर्षको शैक्षिक क्रियाकलाप र सिकाइ उपलब्धिको गतिलाई निर्धारण गर्ने गर्दछ । वर्षभरि गरिने क्रियाकलापको योजनाबद्ध तयारी गरेको खण्डमा उक्त वर्ष उपलब्धिमुलक हुनुका साथै सिकाइ प्रक्रिया सजह हुने गर्दछ । त्यसैले शैक्षिक सत्रको शुरुमा के के गर्नु पर्ला? भन्ने विषयमा सामान्य र अनिवार्य रुपमा एउटा शैक्षिक संस्थाले गर्नु पर्ने कुरालाई यहाँ प्रस्तुत गरिएको छ:
नयाँ शैक्षिक सत्रमा उत्पन्न हुन सक्ने कुनै पनि परिवर्तन वा चुनौतिहरूलाई सम्बोधन गर्न विद्यालयहरूले आफ्ना नीति र प्रक्रियाहरूको समीक्षा र अद्यावधिक गर्न आवश्यक पर्दछ। यसमा उपस्थिति, व्यवहार, ग्रेडिङ र विद्यार्थी आचरणसँग सम्बन्धित नीतिहरू समावेश हुन सक्छन् । यसरी अघिल्ली वर्षको कार्य समीक्षा र तयारी गरेमा आउने शैक्षिक सत्र/वर्षको लागी सम्पूर्ण शैक्षिक गतिविधि प्रभावकारी बनाउन सकिन्छ ।
[लेखक एक संस्थागत विद्यालयका शिक्षक हुनुहुन्छ]
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )