चुडामणि शर्मा/ बाग्लुंग, चैत-१४, बाँदरका कारण जमिन बाँझै राख्नुपरेको बागलुङका किसानले गुनासो गरेका छन् । लगाएको बाली मात्रै हैन घरभित्रको अन्नपात समेत बाँदरले खाएर हैरान बनाएको बागलुङ नगरपालिका १३ पैयुँपाटाका किसानले बताए । उनीहरुले बाँदर नियन्त्रणको उपाय खोजि गरिदिन प्रदेश साँसद डिल्लीराम शर्मा, नगरप्रमुख बसन्तकुमार श्रेष्ठ लगायत लाई पटक पटक अनुरोध समेत गरेका स्थानीय चुडामणी शर्माले बताउनुभयो ।
पैयुँपाटाको बढाहर,े सिमल,े डौडी, अधेरीखोला, लामिछाने थर, पुरकेटे थर, सिमथान सल्यान लगायतका गाउँका बासिन्दा अहिले तिनखेती हुने जग्गा बाँझै राख्न बाध्य छन् । स्थानीय कुलपति शर्माले बाँदरले खेतमा लगाएको अन्नपात भित्राउन नपाएको हुनाले खेत बाँझै राख्न बाध्य भएको बताउनुहन्छ । उहाँले बाँदर नियन्त्रणको योजना बनाउन सरकार लाई अनुरोध गर्नुभयो ।
गाउँमा यूवा छैनन् । अधिकाँशको खेतमा झार उम्रिएको छ । खेतमा झाडी र रुख बढेपछि घर वरपर बाँदर बढेको स्थानीय खगेश्वर शर्माले बताउनुभयो । उहाँले रुख कटान गर्ने उपायले पनि बाँदर आतंक नरोकिएको बताउनुभयो । स्थानीय कृष्णप्रसाद शर्मा, रिता देवी शर्मा, लक्ष्मीकान्त शर्मा, मायादेवी शर्माको पनि समस्या उस्तै छ । दिनभरी बाँदर कुरेर बस्दा अन्य घरायसी काम गर्न नपाएको उहाँले बताउनुभयो ।
बाँदरको समस्या देशव्यापी समस्याको रुपमा देखिएको छ । पछिल्लो समय देशभरि बाँदरका कारण बालीनाली लगाउने किसान घट्दै गएको देखिन्छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )