बेनी, चैत-१४, नेकपा एमाले बेनी नगर कमिटीले पालिका भित्रका वडाहरको अधिवेशनको मिति तय गरेको छ । नेकपा एमाले नगरकमिटी अध्यक्ष बेलबहादुर कटुवालका अनुसार वडा नम्बर १ रत्नेचौरको अधिवेशन २४ चैतमा गर्ने भएको छ । त्यस्तै २ नम्बर वडाको अधिवेशन चैत २९ गते, ४ नम्बरको चैत २८ गते, ५ को २९ गते, ६ को २७ गते, ७ को २२ गते, ८ को २४ गते एवम् वडा नम्बर ९ र १० को २२ गते वडा अधिवेशन गर्ने निर्णय भएको छ ।
नगरकमिटीको बैठकले अन्य विविध पक्षमा गहल छलफल संगै निर्णय गरेको समेत उहाँले जानकारी दिनुभयो । नगरकमिटीको बैठकमा गण्डकी प्रदेश कमिटीका सदस्य हरिकृष्ण श्रेष्ठले पार्टीको मुल ध्येयलाई संस्थागत गर्न सबै लाग्नु पर्ने धारणा राख्नु भएको थियो । उहाँले एमाले जनताको पार्टी रहेको र पार्टीको लक्ष्य प्राप्तीका लागि सबै तह र तप्काबाट जिम्मेवार तबरले लाग्नु पर्ने उहाँको कथन थियो । नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले जनवादी केन्द्रीयताका आधारमा एमाले अगाडी बढ्ने बताउनुभयो ।
उहाँले तल्लो कमिटीहरु माथिल्लो कमिटीको मातहत रहने र माथिल्लो कमिटी महाधिवेशनको मातहतमा रहने बताउँदै महाधिवेशन पनि जनताबाट चुनिएका प्रतिनिधिको भेला भएको हुनाले एमाले जनकेन्द्रीत पार्टी रहेको धारणा राख्नु भएको थियो । माघमा जिल्ला अधिवेशन सकिएपछि फागुनमा पालिका अधिवेशन सकेको एमालेले चैत भित्र जिल्लाका ४५ वटै वडाको अधिवेशन गर्ने लक्ष्यका साथ अगाडी बढेकोले सबैले त्यसलाई मुर्तरुप दिन लाग्नु पर्ने उहाँको भनाई थियो ।कार्यक्रम नेकपा एमाले बेनी नगरकमिटीका अध्यक्ष बेलबहादुर कटुवालको अध्यक्षता, सचिव भोजबहादुर रिजालको सञ्चालनमा भएको थियो
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )