म्याग्देली गायक रवी कार्कीको गीत करोड क्लवमा प्रवेश गरेको छ । केहि समय पहिला उनले गएको गीत “जाम सुस्तै” करोड क्लवमा प्रवेश गरेको हो । चर्चित गायिका जुना श्रीष र बसन्त थापाको साथमा गायक रविले सो गीत बजारमा ल्याएका थिए । म्याग्दीमा जन्मिएका गायक मोफसलमा नै रहेर लोक दोहोरी क्षेत्रमा सक्रिय छन् । गीत संगीत मात्रै नभएर उनको परिचय अभिनय र हास्य व्यंग्य क्षेत्रमा अझै परिचित छ ।
सानै उमेर देखि गीत संगीत र अभिनयम भनेपछि हुरुक्कै हुने रवी एक संघर्षशील युवा हुन् । विद्यालय जीवनदेखि नै विभिन्न प्रतियोगितामा सहभागी हुदै उनले थुप्रै पुरस्कार समेत जितिसकेका छन् । धौलागिरि र यस क्षेत्रमा आयोजना हुने कुनै पनि मेला महोत्सवमा रवी बिनाको कार्यक्रम खल्लो हुने गर्दछ । गीत- अभिनय र हास्यव्यङ्ग तिनै विधामा एक व्यक्तिले स्टेजमा उभिएर दर्शकको मन तान्न र भरपुर मनोरंजन प्रदान गर्न सक्ने क्षमता उनमा रहेको छ ।
केहि समय बैदेशिक रोजगारमा रहेपनि बिगत एक दशक देखि उनि गीत संगीतको क्षेत्रमा निरन्तर, सक्रिय र पेशागत रुप मै लागिरहेका छन् । उनको परिचय रेडियो प्रस्तोता र सडक नाटक, लेखन निर्देशन पनि हो । रविले हालसम्म पन्चेबाजा, दोहोरी, मौलिक लोक भजन लगायतका आधा दर्जन जति सांगीतिक कोशेलीहरु प्रस्तुत गरिसकेका छन् ।
मोफसलमा बसेर यसरी गीत संगीतमा संघर्ष गर्दै म्याग्दीलाई चिनाउने रवी कार्की गीत संगीतको कार्यक्रममा मलेसिया, दुबई, कतार, भारत सम्म भ्रमण गरेका छन् । हालसालै उनले बजारमा ल्याएको गीत “जाम सुस्तै ” बोलको गीत एक करोड भन्दा माथि भ्यु पाउन सफल भएको छ । यति दर्शक श्रीताको माया पाएकोले आफु निकै हौसिएको र अझै उत्कृष्ट गीत संगीत प्रस्तुत गर्ने उनले बताए । उनको पछिल्लो गीत “माया के रैछ” बोलको गीत पनि धेरै श्रोताको माया पाएको छ र करोड क्लवमा प्रवेश गर्ने अपेक्षा गर्न सकिन्छ ।
कलाकार/सर्जक रबि कार्की राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला कार्य समिति म्याग्दीको सह कोषाध्यक्ष, क्षेत्री कलाकार संघ गण्डकी प्रदेशको बरिष्ठ उपाध्यक्ष, धौलागिरि नाट्य समुहको अध्यक्ष, जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य पदमा समेत रहेका छन । कलाकार रवी कार्की जनसांस्कृतिक मंचले हरेक वर्ष प्रदान गर्ने युवा प्रतिभा पुरस्कार २०७५ बाट सम्मानित भैसकेका छन् ।
छिट्टै नै अर्को मौलिक गीत रत्यौली र हराउदै गैरहेको मौलिक तीज गीत तथा बर्खे रोपाईंमा गाउने गीत रेकर्ड गर्ने तयारीमा रहेको उनले बताएका छन् । मोफसलमा बसेर पेशेवर रुपमा गीत संगीतमा लग्नु निकै चुनौती रहेको छ तर श्रोताले दिएको मायाले आफु यस क्षेत्रमा टिकिरहन सकेको उनले बताए ।
भिडियो :
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )