बेनी, फागुन-२१, म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी सुविन श्रेष्ठ चयन हुनुभएको छ । आइतबार राति सम्पन्न संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । नयाँ नेतृत्व चयनका लागि आइतबार राती सहमति जुटेसंगै बेनीका युवा व्यवसायी सुविन श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य,प्रथम उपाध्यक्षमा लिलाराम गौतम,द्धितीय उपाध्यक्षमा अमित बानियाँ र महासचिवमा नारायण जिसी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । कोषाध्यक्षमा सुमन श्रेष्ठ, सचिव मोतिलाल पौडेल, सहसचिवमा टेकप्रसाद सापकोटा र सहकोषाध्यक्षमा ताराप्रसाद आचार्य(बावुराम) सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
अन्य सदस्यहरु पनि सहमतिबाट टुंगो लागेको निर्वाचन मण्डलका अधिकृत यामबहादुर चोखालले जानकारी दिनुभयो । संघमा निर्वतमान अध्यक्ष सहित ३७ सदस्यीय कार्यसमिति हुने व्यवस्था छ ।
सबै कार्यसमिति सदस्यहरु सर्वसम्मत चयन भएका छन् । नयाँ कार्यसमिति पदाधिकारीहरुलाई मुख्य निर्वाचन अधिकृत चोखालले पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )