म्याग्दी, फागुन-१९, म्याग्दी उद्योग बाणिज्य संघको ३० औ साधारण सभा तथा १२ औं अधिबेशन बेनीमा शुरु भएको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा शुरु भएको साधारण सभा र अधिबेशनको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्नुभएको हो ।
साधारण सभाको उद्घाटन गर्दै उद्घाटन गर्दै अध्यक्ष ढकालले विदेश पलायन रोक्न ठोस योजना बनाउने र स्वदेशमै रोजगारीको वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले भाषण गरेर मात्र नहुने बताउदै यदि देशमा विकास गर्ने हो भने लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । ‘तीनै तहको सरकारमा कानुन र व्यवहारमा एकरुपता देखिदैन, कानुनी प्रक्रियामै अल्झिएर लगानीकर्ता निराश हुनुपर्ने अवस्था छ’ अध्यक्ष ढकालले भन्नुभयो ।
उहाँले बैदेशिक लगानी आउनसक्ने सम्भावना रहेका देशहरूसँगको लगानी प्रोत्साहन गर्ने, लगानी भित्रिएपछि तीनै तहको सरकारले सहयोग गर्ने, लगानी गरिने क्षेत्रमा अवरोध नगर्ने, आवश्यक ऐन कानूनहरु सच्याउनुपर्नेसमेत बताउनुभएको छ ।
कार्यक्रममा विशेष आतिथ्यता मन्तब्य ब्यक्त गर्दै संविधानसभा सदस्य तथा नेकपा एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले म्याग्दीमा म्याग्दीको आर्थिक बिकासमा धेरै सम्भावना भएको पक्कै हो यस बिषयमा धेरै बहस पनि भएका छन् तर अवभने कृषि पर्यटन, जलविद्युतको क्षेत्रमा के के गर्न सकिन्छ भन्नेकुरा नै महत्वपूर्ण भएको बताउदै ब्यख्यात्मक भन्दा पनि कार्यात्मक रुपमा अगाडी बढाउनुपर्ने कुरामा जोड दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष आनन्दराम मुल्मी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ लगायतले भारत र चिन जोड्ने छोटो दुरीको कालीगण्डकी कोरिडोर सडक स्तरोन्नतिका लागि सञ्चालित योजनालाई जति सक्दो छिटो पूर्णता दिन सकेमा यसबाट चिनका वौद्धधर्मावलम्बीलाई लुम्बीनी र भारतीय हिन्दुधर्मावलम्बीलाई मानसरोबार जाने आउने मार्गका रुपमा प्रयोग गर्न सकिने बताए ।
संविधान सभा सदस्य नवराज शर्मा र गोविन्द पौडेलले म्याग्दीको जलविद्युत, पर्यटन, कृषि क्षेत्रमा निजी क्षेत्रको लगानी भित्र्याउन आग्रह गरे । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी र बिमला गौचनले म्याग्दीका विकास निर्माणका कामलाई तिब्रता दिनुका साथै निजी क्षेत्रको लगानी भित्र्याउने वातावरण बनाउने प्रतिवद्धता जनाए ।
जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, पुर्व नगर प्रमुख हरिकुमार श्रेष्ठले म्याग्दीमा पर्यटन लाइनै केन्द्रमा राखेर काम गर्नु पर्ने भन्दै कसरी हुन्छ म्याग्दीमा पर्यटकलाई भुलाउने योजना र कार्यक्रममा निजी क्षेत्रबाट सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा संबिधान सभा सदस्य गोबिन्द पौडेल, गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारी, बिमला गौचन, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापति, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य जीवन ज्योति श्रेष्ठ, पुर्व अध्यक्षहरुको तर्फबाट उत्तम कुमार कर्माचार्य, बजार इकाई समितिहरुको तर्फबाट तेजेन्द्र थापा, सम्पूर्ण उद्दमी महिलाहरुको प्रतिनिधित्व गर्दै महिला उद्दम बिकास समितिका सभापति अम्बिका श्रेष्ठ, नेपाल पत्रकार महासंघको तर्फबाट प्रकाश पौडेल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
साधारण सभाकै अवसरमा संघले विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । सरकारी र सामुदायिक क्याम्पसहरुबाट स्नातक तहमा उत्कृष्ट अंक प्राप्त गर्ने म्याग्दी क्याम्पसका छात्र प्रविन पौडेल र छात्रा लिल कुमारी पुर्जालाई “च्याम्बर अवार्ड” प्रदान गरेको छ । त्यसैगरी संचारक्षेत्रको क्रियाशीलता संगै उद्योग, ब्यापार ब्यबसाय र म्याग्दीको पर्यटनको क्षेत्रमा मिडिया मार्फत योगदान पुर्याएकोमा संचारकर्मीहरु नवविकल्प साप्ताहिकका ठाकुर प्रसाद आचार्य र सम्बृद्ध साप्ताहिक एवं म्याग्दीअनलाइनका कमल खत्री र पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेललाइ पनि सम्मान गरिएको छ ।
म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालको अध्यक्षता र स्वागतमा सम्पन्न कार्यक्रमको संचालन महासचिव अमित बानिया र अन्त्यमा धन्यबाद सहित उद्घाटन कार्यक्रमको समापन वरिष्ठ उपाध्यक्ष सुबें श्रेष्ठले गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन सत्र समापन भए संगै अहिले बन्दसत्र संचालन भैरहेको छ । बन्दसत्रमा विभिन्न प्रतिबेदन हरु पारित गर्ने र सकेसम्म सर्वसम्मत रुपमा नया कार्यसमिति चयनगर्ने प्रयास रहने अध्यक्ष बेलबहादुर कटुवालले बाउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )