बेनी, फागुन-१६, म्याग्दीको बेनीमा संचालित ११ औं माघे सक्रान्ती मेलाको आयव्यय सार्वजनिक गरिएको छ महिला उद्यम विकास समिति म्याग्दीको आयोजनामा बेनीको खुल्ला मञ्चमा गत पुष २९ देखि माघ २ गतेसम्म सञ्चालन भएको १० औ माघे संक्रान्ति मेलाको आम्दानी खर्च बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।
म्याग्दी उद्योग बाणिज्य संघ अन्तरर्गत महिला उद्यम विकास समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा रु. १८ लाख १४ हजार ६६६ बराबरको आयब्यय विवरण सार्वजनिक गरिएको हो । समितिका सभापति अम्बिका श्रेष्ठले विभिन्न शिर्षकमा रु. १८ लाख १४ हजार ६६६ आम्दानी भएको बताउनुभयो । उहाँका अनुसार विभिन्न शिर्षकमा १६ लाख ६९ हजार ५ सय खर्च भएको छ । रु १ लाख उद्योग वाणिज्य संघको व्यवसायिक हितकोषमा जम्मा गरिएको र रु. ४५ हजार १६६ बचत भएको छ ।
परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्धन गर्नका लागि मेलाको आयोजना गरिएको थियो । माघ २ गतेसम्म संचालन भएको मेलामा विभिन्न जातजातिहरूले मौलिक कला संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको थियो । परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि मेलाको आयोजना गरिएको थियो ।
मेलामा ब्यवसायीक स्टल, टिकट बिक्री, विभिन्न ब्यक्ति र संघसंस्थाबाट प्राप्त आर्थिक सहयोग नै प्रमुख आम्दानी रहेको अध्यक्ष श्रेष्ठको भनाई छ । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले महिलाको नेतृत्वमा भएको मेलाले स्थानीय उत्पादनलाई प्रवर्धन गर्न प्रमुख भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष उत्तम कर्माचार्य, बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेश शाक्य, महासचिव अमित बानियाँ लगायत महिला उद्यमीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन महासचिव प्रमिला श्रेष्ठ र समापन वरिष्ठ उपाध्यक्ष विष्णु गुरुङले गर्नुभएको थियो ।
जिल्लाका सबै स्थानीय तहको कृषि उपजको प्रदर्शनी, विभिन्न जातजातिको झाँकी प्रदर्शन, लोक दोहोरी, ठेलो फाल्ने, लठ्ठो तान्ने,अन्धनिसान, महिला–पुरुष छेलो फ्याँक्ने, महिला–पुरुष लठो तान्ने, आमा नृत्य प्रतियोगिताको साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको मेलामा प्रस्तुति रहेको थियो । मेलामा आयोजना गरिएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )