पर्वत, फागुन-१५, पर्वतको कुश्मामा तेस्रो राष्ट्रिय मगर महोत्सव आजदेखि शुरु भएको छ । ४२ औं राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले महोत्सव संचालन गरेको हो । फागुन २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने महोत्सवको पुर्व स्वास्थ्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले उद्घाटन गर्नुभएको हो ।
महोत्सव उद्घाटन गर्दै प्रमुख सचेतक गिरीले मुलुकको आर्थिक अवस्था अब विस्तारै सुधार हुँदै जाने दावी गर्नुभयो । इतिहासको कालखण्डमा नेपालको अर्थतन्त्र सवैभन्दा नाजुक अवस्थामा पुगेको बताउँदै यहाँभन्दा बिग्रिने ठाउँ नरहेकाले अब सुधार हुँदै जाने बताउनुभयो । प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका गिरिले विश्वका विकसित देशहरुपनि आर्थिक संकटपछि विकासको चरम गतिमा अघि बढेको भन्दै नेपाल पनि अब आर्थिक हिसावले समृद्ध बन्दै जाने बताउनुभयो ।
सांसद गिरीले सवै राजनीतिक दलहरु एकजुट भएर मुलुकको विकास र समृद्धिमा लाग्नुपर्ने बताउनुभयो । संकट परेको बेला सवै दलहरु एकजुट हुन आवश्यक रहेको भन्दै अहिलेको मन्दिको सामना गर्नका लागि सरकारले उचित कदम चाल्नुपर्ने बताउंदै देशका सवै जिम्मेवार दल, नागरिक समाज एकजुट भएर राष्ट्र निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।
सांसद गिरीले मगर समुदायको पहिचान र संस्कृतिलाई जगेर्ना गर्नका लागि यो महोत्सव महत्वपुर्ण रहेको भन्दै महोत्सवलाई सफल बनाउन सवैले सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भक्त कुवर, रेखा गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विक, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, नेपाली काँग्रेस प्रदेश कार्यसमिति सदस्य यामबहादुर मल्ल रामकृष्ण, सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, नेपाली काङ्ग्रेस पर्वतका उपसभापति शिव सुवेदी, नेकपा एमालेका जिल्ला अध्यक्ष राजु पौडेल, माओवादी केन्द्रका शंकर गिरि, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपि अधिकारी, पुन युवा क्लवका सल्लाहाकार सोम पुन, गणेश पुन लगायतले बोल्नुभएको थियो । कार्यक्रम पुन युवा क्लवका अध्यक्ष कृष्ण पुनको अध्यक्षतामा सप्पन्न भएको थियो ।
महोत्सव उद्घाटन पूर्व कुश्माबजारमा विभिन्न जातजाती, समुदाय र संस्कृतिका भेषभुषा सहित याली प्रदर्शन गरिएको थियो । ‘कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यवद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिवद्धता’ भन्ने मुल नाराका साथ शुरु गरिएको महोत्सवमा मोफसलकै सवैभन्दा ठुलो पुरस्कार राशिको खुल्ला अन्तरपालिका भलिवल प्रतियोगिता आयोजना गरिएको छ ।
महोत्सवमा २ सय २० वटा विभिन्न व्यावसायिक, कृषि तथा घरेलु उद्यमका स्टलहरु रहेका छन् भने १४ वटा होटल ब्यावसाय रहेका छन् । महोत्सवका प्रवेश गर्नका लागि सर्वसाधारणलाई रु. एक सय, विद्यार्थीका लागि रु. ६० रुपैयाको टिकट र बयोबृद्धका लागि निशुल्क व्यवस्था गरिएको छ । महोत्सवमा विभिन्न विधाका ६० जना भन्दा बढि कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । लोकतन्त्र अनलाइनको सहयोगमा
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )