जलजला, फागुन-१४, पर्वतको जलजला गाउँपालिकाले सञ्चालन गरेको जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास सम्बन्धी तालिम सोमबार समापन भएको छ । प्रभावकारी सेवा प्रवाहको लागि जलजला गाउँपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको क्षमता विकास गर्न शनिबार देखि तालिम सञ्चालन गरिएको थियो ।
तालिम समापनको अन्तिम दिन तालिम समापनमा सहभागीको तर्फबाट वडा नं ७ की सदस्य लक्ष्मी आचार्य र लेखा समिति संयोजक एवम् वडा नं ५ का वडा सदस्य टकबहादुर पुनले तालिम उपलब्धीमुलक भएको बताउन्दै आगामी दिनमा जलजलाको बिकासका लागी आफु पूर्ण प्रतिबद्दताका साथ् लाग्ने बताउनु भएको थियो ।
जलजला गाउँपालिका लामाखेत पर्वतको तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न भएको तालिममा जनप्रतिनिधि र कर्मचारीको काम, कर्तब्य र अधिकार तथा स्थानीय तहलाई नमुना बनाउन आवश्यक पर्ने असल अभ्यासहरूका बारेमा प्रशिक्षण दिइएको गाउँपालिकाले जनाएको छ । तालिममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीसहित ८५ जनाले सहभागिता जनाएका थिए ।
तीन दिनसम्म सञ्चालित तालिममा सकारात्मक सोच, स्थानीय तहको वित्तीय स्रोत र राजश्व अधिकारका क्षेत्रहरु, वार्षिक योजना र मध्यकालीन खर्च संरचनाको अन्तरसम्बन्ध, नेतृत्व सिप विकास, जनप्रतिनिधि र कर्मचारी बीचको अन्तरसम्बन्ध विकास, योजना अनुगमन तथा मूल्याङ्कनमा जनप्रतिनिधिहरुको भूमिका, राजश्व सुधार योजना, सम्पति कर कार्यान्वयन, स्थानीय तहका पदाधिकारीहरुको काम, कर्तव्य र जिम्मेवारी, वैठक व्यवस्थापन र निर्णय प्रक्रिया, संघ–प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध, योजनाको अवधारणा तथा स्थानीय तहको योजना तर्जुमा र सिफारिस प्रक्रियाको विषयमा सहजीकरण गरिएको थियो । तालिममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक जयकृष्ण श्रेष्ठ, उपनिर्देशक हरिकृष्ण कोईराला, व्यवस्थापन अधिकृत योगमाया सापकोटा, कम्प्युटर अधिकृत रामहरि खत्री, लेखा अधिकृत चञ्चलाकुमारी अधिकारी र सकारात्मक सोचका प्रशिक्षक विश्वरमणले सहजीकरण गरेका थिए ।
जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले समापन गदैं तालिममा सिकेका सीपलाई ब्यवहारमा पूर्णरुपमा कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा प्रशिक्षकहरुलाई गाउपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले मायाको चिनो प्रदान गर्नुभएको थियो । समापन कार्यक्रमको संचालन गाउँपालिकाका सुचना अधिकारी भेषनाथ आचार्यले गर्नु भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )