म्याग्दी, फागुन-१४, म्याग्दीमा फागुन १६ गतेदेखी चैत १ गतेसम्म १५ दिन ९ महिनादेखी ५ बर्ष मुनीका साढे ६ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका एक सय ५० केन्द्रमा लक्षित ६ हजार ५ सय ७० जना बालबालिकालाई दादुरा-रुवेला विरुद्धको खोप लगाउन लागिएको हो । सोमबार स्वास्थ्य कार्यालयमा आयोजित जिल्ला खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रममा जिल्लाभर नौ महिना देखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा–रुबेला खोप लगाउन डेढ सय खोप कार्यकर्ता र ३ सय महिला स्वंयमसेविकालाई परिचालन गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका कोल्डचेन सुपरभाइजर एवम् दादुरा–रुबेला विरुद्धको खोप अभियानका प्रबक्ता बिरेन्द्रकुमार चौधरीले बताउनुभयो ।
दादुरा-रुवेला विरुद्धको खोप अभियान अवधिभर विहान १०-४ बजेसम्म विद्यालय तथा खोप केन्द्रमा लगाईने छ । फागुन १० गतेसम्म नियमित खोप अभियान जारी रहेको र दुर्गमका श्वास्थ्य केन्द्रबाट खोप बोक्ने किट संकलन हुन र फर्केर खोप केन्द्रमा पुग्न समय लाग्ने भएकोले जिल्लामा फागुन १६ गतेबाट मात्र अभियान संञ्चालन गर्न लागिएको हो । यस अभियानमा जिल्लामा दादुरा-रुवेला विरुद्धको सात सय ३० भायल खोप प्रयोग हुने छ । एक भायलमा १० डोज खोप हुन्छ । एक पटक खोलेको खोपको भायल ६ घन्टा भित्र १० जनालाई लगाई सकिएन भने प्रयोग गर्न नमिल्ने भएकोले बाँकी डोज खोप खेर जाने गरेको हो।
श्वास्थ्य कार्यालयको अभिलेख अनुसार गत आर्थिक बर्षमा सवै भन्दाबढी जन्मने वित्तिकै नवजात शिशुलाई लगाईने क्षयरोग विरुद्धको विसिजी खोप ५१ हजार ९ सय ६४ डोज (८९ प्रतिशत) खेर जाने गरेको छ । त्यस्तै, गत आवमा दादुरा-रुवेला विरुद्धको २ लाख ३३ हजार २ सय १९ (६६.४ प्रतिशत), पोलियो विरुद्धको ८१ हजार ४ सय ९५ (३९.३ प्रतिशत), हेपाटाईटिस वि विरुद्धको खोप ८२ हजार ६ सय ३३ (३९.८ प्रतिशत), जेई एक लाख १४ हजार चार सय १ (५८.४ प्रतिशत) डोज खोप खेर जाने गरेको थियो ।
म्याग्दीमा बालबालिकाहरुलाई विभिन्न रोगहरु विरुद्ध निःशुल्क दिईने ११ प्रकारका खोपहरु २९.४ प्रतिशत खेर जाने गरेको छ । गत आवमा विभिन्न रोग विरुद्धका कुल ९ लाख ९० हजार डोज खोप खेर जाँदा ३३ लाख ७५ हजार रुपैयाँ बढी लागतको आर्थिक क्षति भएको छ ।
‘छरिएका वस्तीका खोप केन्द्र वा श्वास्थ्य संस्थामा खोप लगाउन एक-दुई जना मात्र बालबालिका आउँछन/अभिभावकले ल्याउने हुँदा १-२ जनालाई भएपनि अनिवार्य खोप लगाई दिनु पन्यो । एक भायल खोप खोलेपछि सवै डोज प्रयोग नहुँदा फाल्नु पर्ने हुँदा खोपसँगै राज्यको लाखौं रुपैयाँ पनि खेर जानेगरेको छ’ श्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकृत विरेन्द्र चौधरीले भन्नुभयो, ‘हामीले मितव्ययी हुन खोप केन्द्रमा बालबालिकालाई समुह बनाई खोप दिने र सकेसम्म खोप खेर जान नदिन एक छिन कुराएरै भएपनि सवै डोज उपयोग गर्ने निती ल्याएका छौं।’
म्याग्दीको अति विकट मुदीको बगरमा रहेका बालबालिकालाई सहज हुने गरी नयाँ खोपकेन्द्र स्थापना गरिएको छ । म्याग्दीमा हालसम्म सबै बालबालिका खोपको पहुँचमा रहेकाले यो अभियानमा समेत नछुटने गरी प्रचारप्रसारलाई तिब्रता दिइएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुबन ठकुराठीले बताउनुभयो । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले मजदुरी गर्ने र खोपको महत्व नबुझेकाहरु छुट्न सक्ने भएकाले लक्ष्यअनुसारका बालबालिकालाई खोपको पहुँचमा ल्याउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )