म्याग्दी, फागुन-१२, बेनीको लायन्स क्लब अफ पिस सिटीले “नैतिक मूल्य मान्यता सम्बन्धि तालिम प्रदान गरेको छ । शुक्रबार बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविमा कक्षा ११/१२ मा पढ्ने विद्यार्थीहरूलाई नैतिक मूल्य मान्यता सम्बन्धि तालिओम दिएको हो । तालिमको प्रशिक्षक खम थापा मगरले सहजीकरण गर्नु भएको थियो ।
सहजकर्ता थापाले हरेको व्यक्तिले आफ्नो जिवनमा गर्ने क्रियाकलापहरुमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले घरमा, विद्यालयमा, सार्वजनिक स्थल लगायत दैनिक क्रियाकलाप गर्दा नैतिकताको ख्याल गर्नुपर्ने बताउंदै सबैले यस्तो गरेमा मात्र समृद्ध समाज निर्माण हुने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षण पश्चात सहभागीको तर्कबाट कक्षा ११ का बर्खा थापाले आफ्नो अनुभव सुनाउनु भएको थियो । त्यसैगरी विद्यालयका भाइस प्रिन्सिपल कृष्ण बहादुर जिसीले विद्यार्थीलाई लक्षितगरि उत्कृष्ट र अत्यन्तै उपयोगी कार्यक्रम गरेकोमा लायन्स क्लव अफ बेनी पिस सिटि म्याग्दीलाई धन्यबाद दिनुभयो ।
लायन्स क्लब अफ पिस सिटि बेनीका अध्यक्ष लायन्स सन्दिप खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत लायन्स रमेश फगामी र संचालन लायन्स दुर्गा मगरले गर्नुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )